२७ भदौ, हेटौँडा । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । जेन–जी आन्दोलनको प्रमुख मागअनुसार कार्कीलाई निर्दलिय अन्तरिम सरकारको नेतृत्व दिने निर्णय गरिएको हो ।
राष्ट्रपतिले यस निर्णयका लागि संविधानको धारा ६१ लाई आधार मानेका छन् । उक्त धाराको उपधारा ९४० अनुसार “संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ” भनिएको छ । त्यस्तै उपधारा ९३० मा “राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्नेछ” स्पष्ट उल्लेख छ । यी दुवै संवैधानिक प्रावधानलाई आधार मान्दै कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार संविधानको मर्मअनुसार मुलुकलाई स्थायित्व दिलाउन तथा संक्रमणकालीन अवस्थाबाट अघि बढाउन अन्तरिम मन्त्रिपरिषद्को गठन अपरिहार्य भएको निष्कर्ष निकालिएको हो ।
यसअघि भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए । त्यसपछि उत्पन्न राजनीतिक शून्यतालाई सम्बोधन गर्न कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गरिएको हो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।