अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ
२७ भदौ, हेटौँडा । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आज अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सरकारका उच्चपदस्थ अधिकारी तथा विभिन्न मुलुकका कूटनीतिज्ञ सहभागी थिए ।
लामो राजनीतिक रस्साकस्सीपछि केहीबेर अघि मात्र राष्ट्रपति पौडेलले कार्कीलाई अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । राष्ट्रपति कार्यालयका अनुसार, नियुक्ति गर्दा संविधानको धारा ६१ को उपधारा ९३० र ९४० मा रहेको राष्ट्रपतिको संवैधानिक अधिकार प्रयोग गरिएको हो ।
उक्त धारामा राष्ट्रपतिले “नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने” र “संविधानको पालना तथा संरक्षण गर्नु प्रमुख कर्तव्य हुने” व्यवस्था छ ...















