बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

२२ असोज, हेटौँडा । काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गर्ने प्रयास गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको हो ।

अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेलले प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरालाई जाहेरी बुझाएका बताए । जाहेरीमा बालेन साह र सुदन गुरुङले गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सहभागी विद्यार्थी र युवालाई उक्साएर सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्‍याउने र मानवीय क्षति हुने गरी हत्या गराएको आरोप लगाइएको छ ।

संयोजक पौडेलका अनुसार जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ का दफा १७७, १७८, २४४ र २८५ बमोजिम ‘अपराधिक उपद्रव’ को अभियोग लगाउन माग गरिएको छ। तर, जिल्ला प्रहरी कार्यालय मकवानपुरले सो जाहेरी दर्ता गरेको छैन । एसपी बोहराले घटनाको कार्यक्षेत्र मकवानपुर नभएको कारण जाहेरी दर्ता गर्न नमिल्ने बताएका छन् । काठमाडौँमा भएको घटनाको विषयलाई लिएर उजुरी दिन आउनु भएकाले मकवानपुरबाट मुद्दा दर्ता गर्न मिल्दैन,’ उनले भने ।

संयोजक पौडेलले भने सरकारी वकिल कार्यालयसँग कानुनी परामर्श लिएपछि आगामी कदम चाल्ने बताए । उनका अनुसार एसपी बोहराले भोलि बिहान ११ बजे छलफलका लागि बोलाएका छन् । यसअघि मंगलबार अनेरास्ववियु केन्द्रीय कमिटीले काठमाडौंमा पनि बालेन र सुदनविरुद्ध जाहेरी दिएको थियो । सोभन्दा अघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध समेत सोही प्रकृतिको जाहेरी दर्ता गरिएको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...