
बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन
२२ असोज, हेटौँडा । काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गर्ने प्रयास गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएको हो ।
अनेरास्ववियु मकवानपुरका संयोजक नवराज शर्मा पौडेलले प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरालाई जाहेरी बुझाएका बताए । जाहेरीमा बालेन साह र सुदन गुरुङले गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा सहभागी विद्यार्थी र युवालाई उक्साएर सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउने र मानवीय क्षति हुने गरी हत्या गराएको आरोप लगाइएको छ ।
संयोजक पौडेलका अनुसार जाहेरीमा मुलुकी अपराध संहिता, २०७४ का दफा १७७, १७८, २४४ र २८५ बमोजिम ‘अपराधिक उपद्रव’ को अभियोग लगाउन माग गरिएको छ। त...