चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

२२ असोज, हेटौँडा । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस ९जेई० को संक्रमण फैलिँदै जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जनस्वास्थ्य कार्यालयका अनुसार साउन महिनादेखि हालसम्म सो रोगका कारण ६ जनाको मृत्यु भइसकेको छ ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार, पछिल्लो पटक खैरहनी नगरपालिका–४ की एक महिलाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । मृतकमध्ये दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका हुन् ।

कार्यालयका अनुसार हालसम्म जिल्लामा १७ जनामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० जना महिला र सात जना पुरुष छन् । तीन जना १५ वर्षमुनिका बालबालिका, पाँच जना १५ देखि ६० वर्ष उमेर समूहका र नौ जना ६० वर्षमाथिका रहेका छन् ।

मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का ८१ वर्षका, दुई जना ७० वर्षका, एक जना ४२ वर्षीय र अर्को ३९ वर्षीय रहेका छन् । संक्रमित १७ जनामध्ये ७ जना भरतपुर महानगरभित्रका रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाको खोप अवस्थाबारे जानकारी अस्पष्ट रहेको कार्यालयका किट नियन्त्रक केसीले जानकारी दिए । उनका अनुसार खोप नलगाउने समुदायमा संक्रमणको जोखिम उच्च देखिएको छ ।

जापानीज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे प्रायः घर बाहिर बस्ने, साँझ र बिहान बढी सक्रिय हुने र सुँगुर, बङ्गुर तथा हाँसजस्ता पशुपक्षीलाई टोक्दा रोग सर्ने गर्छ ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार धानखेतीमा पानी जम्ने स्थान र पशुपालन क्षेत्र यस रोगको जोखिमयुक्त क्षेत्र हुन् । “यो लामखुट्टेले धानबालीमा अण्डा पारेर लार्भा बनाउँछ, जसले संक्रमण फैलाउने सम्भावना बढाउँछ,” रुपाखेतीले बताए ।

स्वास्थ्य कार्यालयले उच्च जोखिम क्षेत्रका बासिन्दालाई लामखुट्टे नियन्त्रण, सरसफाइ र जेई खोप लगाउन आग्रह गरेको छ । साथै साँझ र बिहान लामखुट्टे टोक्ने समय भएकाले मच्छरदानि प्रयोग र शरीर ढाक्ने कपडा लगाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...