चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

२२ असोज, हेटौँडा । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस ९जेई० को संक्रमण फैलिँदै जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जनस्वास्थ्य कार्यालयका अनुसार साउन महिनादेखि हालसम्म सो रोगका कारण ६ जनाको मृत्यु भइसकेको छ ।

कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार, पछिल्लो पटक खैरहनी नगरपालिका–४ की एक महिलाको मृत्यु भएपछि मृतकको संख्या ६ पुगेको हो । मृतकमध्ये दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका हुन् ।

कार्यालयका अनुसार हालसम्म जिल्लामा १७ जनामा जापानीज इन्सेफ्लाइटिसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १० जना महिला र सात जना पुरुष छन् । तीन जना १५ वर्षमुनिका बालबालिका, पाँच जना १५ देखि ६० वर्ष उमेर समूहका र नौ जना ६० वर्षमाथिका रहेका छन् ।

मृत्यु भएकामध्ये एक ८९ वर्षका, अर्का ८१ वर्षका, दुई जना ७० वर्षका, एक जना ४२ वर्षीय र अर्को ३९ वर्षीय रहेका छन् । संक्रमित १७ जनामध्ये ७ जना भरतपुर महानगरभित्रका रहेको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

संक्रमितमध्ये १५ जनाले खोप नलगाएको र दुई जनाको खोप अवस्थाबारे जानकारी अस्पष्ट रहेको कार्यालयका किट नियन्त्रक केसीले जानकारी दिए । उनका अनुसार खोप नलगाउने समुदायमा संक्रमणको जोखिम उच्च देखिएको छ ।

जापानीज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने कीटजन्य सरुवा रोग हो । यो लामखुट्टे प्रायः घर बाहिर बस्ने, साँझ र बिहान बढी सक्रिय हुने र सुँगुर, बङ्गुर तथा हाँसजस्ता पशुपक्षीलाई टोक्दा रोग सर्ने गर्छ ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार धानखेतीमा पानी जम्ने स्थान र पशुपालन क्षेत्र यस रोगको जोखिमयुक्त क्षेत्र हुन् । “यो लामखुट्टेले धानबालीमा अण्डा पारेर लार्भा बनाउँछ, जसले संक्रमण फैलाउने सम्भावना बढाउँछ,” रुपाखेतीले बताए ।

स्वास्थ्य कार्यालयले उच्च जोखिम क्षेत्रका बासिन्दालाई लामखुट्टे नियन्त्रण, सरसफाइ र जेई खोप लगाउन आग्रह गरेको छ । साथै साँझ र बिहान लामखुट्टे टोक्ने समय भएकाले मच्छरदानि प्रयोग र शरीर ढाक्ने कपडा लगाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

२२ असोज, हेटौँडा । काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहे...
विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

२१ असोज, हेटौँडा । मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले ५ करोड ४० लाख रुपैयाँ बजेट ...
चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

चितवनमा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

२२ असोज, हेटौँडा । चितवन जिल्लामा जापानीज इन्सेफ्लाइटिस ९जेई० को संक्रमण फैलिँदै जाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जनस्वास्थ...
आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

आगलागी पीडित जिम्बा परिवारलाई मुख्यमन्त्री बानियाँ र कांग्रेस बकैया समितिको आर्थिक सहयोग

२१ असोज, हेटौँडा । गत भदौ २० गते घरमा आगलागी हुँदा घाइते भई असोज १ गते मृत्यु भएका बकैया–५ श्रीपुरका लिलाराम जिम्बाको परिवारलाई बा...
पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

१८ असोज, हेटौँडा। पाँचथरमा भएको एक भीषण सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहर...
अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

१८ असोज, हेटौँडा। देशका विभिन्न भागमा परिरहेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । यसैबीच सरकारले थप दुई दिन — आइतबार र सोमबार...
अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

१८ असोज, हेटौंडा । शनिवार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो र नदीनालाहरुमा जलसतह बढ्दा...
काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन असोज १८ देखि २० गतेसम्म सञ्चालनमा रोक

१७ असोज, हेटौँडा । सरकारले असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज