अविरल वर्षाले जोखिम बढेको भन्दै सतर्कता अपनाउन कांग्रेस बागमती प्रदेशको अपिल

१८ असोज, हेटौंडा । शनिवार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण बागमती प्रदेशका पहाडी जिल्लाहरूमा पहिरो र नदीनालाहरुमा जलसतह बढ्दा तटीय बस्ती उच्च जोखिममा पर्ने भन्दै भन्दै कांग्रेस बागमती प्रदेशले उच्च सतर्कता अपनाउन अपिल गरेको छ ।

शनिबार बिहानैदेखि परेको वर्षा अझै तीन दिनसम्म निरन्तर रहने मौसमविद्हरूको प्रक्षेपणलाई उद्धृत गर्दै कांग्रेसले जारी विज्ञप्तिमा ठूला जनधन क्षतिको सम्भावना बढेकोले सचेत रहन आग्रह गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जारी गरेको अपिलमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले विपद् पूर्वतयारीमा जुटी सम्भाव्य जोखिम क्षेत्रको पहिचान गर्न, त्यहाँका नागरिकलाई पूर्वजानकारी दिन र तत्काल उद्धार तथा राहत परिचालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

यस्तै बडादशैंको अवसरमा टीका–आशीर्वाद लिन जाने र फर्कने क्रममा लामो दूरीको यात्रासमेत भइरहेको परिस्थितिमा अझै बढी सतर्कता आवश्यक रहेको कांग्रेसले जनाएको छ । अपिलमा, ‘तत्काल लामो दूरीको यात्रा नगर्न, असहज परिस्थितिमा आशीर्वाद ग्रहणका लागि सामाजिक सञ्जालको उपयोग गर्न, अत्यावश्यक नपरेसम्म घरबाहिर ननिस्कन तथा सुरक्षित स्थानमै रहेर आपसी सहयोगमा जुट्न अपलि गरिएको छ ।

अपिलमार्फत प्रदेश सभापति बानियाँले स्थानीय, क्षेत्रीय, जिल्ला र प्रदेश स्तरका संरचनामा रहेका पदाधिकारी तथा सदस्यलाई तत्कालीन उद्धार, राहत र स्थानान्तरण कार्यमा खटिन आह्वान गरेका छन् । त्यस क्रममा तीनै तहका सरकारी संयन्त्रसँग सहकार्य गर्दै बाढी, पहिरो र डुवानमा परेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने कार्यलाई प्राथमिकता दिन उनले भनेका छन् ।

यस्तै विज्ञप्ति मार्फत कांग्रेस बागमती प्रदेश कार्यसमितिले विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल उद्धार, आवश्यक स्वास्थ्य उपचार, राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन कुनै कमी–कसर नराख्न पनि सरकारलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...