सरकारको लक्ष्य पूरा गर्नु सबैको दायित्वः अध्यक्ष मुक्तान

२३ असोज, हेटौँडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सरकारले लिएको लक्ष्य पूरा गर्नु सबैको साझा दायित्व रहेको बताएका छन् । विहीबार गाउँपालिकामा स्वास्थ्य शाखाले आयोजना गरेको आ।व। २०८१र०८२ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले सरकारको योजना सफल बनाउन जनप्रतिनिधि र कर्मचारी दुवैले प्रतिबद्धता जनाउनुपर्ने बताएका हुन्।

उनले वडास्तरका स्वास्थ्य चौकीहरूमा सेवा प्रवाह सुदृढ गर्न र तथ्याङ्क व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरे। “तथ्याङ्क तलमाथि भएमा ठूला समस्या आउन सक्छन्, त्यसैले सबै तथ्याङ्क चुस्त(दुरुस्त राख्नुपर्छ,” अध्यक्ष मुक्तानले भने। उनका अनुसार स्वास्थ्य क्षेत्रमा गुणस्तरीय कामका कारण गाउँपालिकाको वित्तीय समानीकरण अनुदान वृद्धि भएको छ। चालु आर्थिक वर्षमा पनि सोही स्तर कायम राख्दै सुत्केरी पोषण कार्यक्रम, होम डेलिभरी शून्य बनाउने अभियान, बालबालिकाका स्वास्थ्य सेवा र जेष्ठ नागरिकका कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाइने बताए।

गाउँपालिकाले स्वास्थ्य र शिक्षासँगै खानेपानी, उद्यम विकास र सीपमूलक तालिमका क्षेत्रमा पनि विभिन्न गैरसरकारी संस्थासँग सहकार्य गर्दै आएको उनले जानकारी दिए। साथै, १० शैयाको अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको पनि बताए।

समीक्षा कार्यक्रममा गाउँपालिकाका १० वटै वडाले आ–आफ्ना स्वास्थ्य कार्यक्रमका कार्यसम्पादन विवरण प्रस्तुत गरेका थिए। कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवाकोटी, जिल्ला जनस्वास्थ्य अधिकृत समर्पण अधिकारी, जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल, स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमलगायतको उपस्थिति थियो। दुई दिनसम्म चल्ने उक्त समीक्षा कार्यक्रममा चालु आर्थिक वर्षका लागि नयाँ कार्ययोजना, कार्यक्रम र नीतिबारे पनि विस्तृत छलफल हुने जनाइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...