कैलाश वडा नम्बर ७ मा आमा सुरक्षाका लागि वोइटिङ कक्ष सञ्चालन

२९ कात्तिक, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक वडा नम्बर ७ ङिको स्वास्थ्य चौकीमा आमा सुरक्षाका लागि पर्खिने घर९वोइटिङ कक्ष० सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त घर उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै अध्यक्ष मुक्तानले गर्भवती महिलाको अधिकारको विषय रहेकाले पनि घरको निर्माण गरिएको बताए । गाउँपालिकाको प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा सुत्केरी आमाहरुको लागि थप सुरक्षा होस् भन्ने हेतुले खाना बस्नको सुविधा सहित घर निर्माण गरिएको उनले बताए ।

वर्थिङ सेन्टर सञ्चालनले घरमा सुत्केरी हुनेको संख्या कम हुँदै गइरहेको बताउँदै अब सुत्केरी व्यथा लाग्नु अघि नै एक दुई दिन अघि देखी स्वास्थ्य सुरक्षाको लागि वोइटिङ कक्षमा आउन आग्रह गरे । सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता बढी रहेको वडामा विस्तारै स्वास्थ्य चेतना वृद्धि हुँदै गइरहेको अध्यक्ष मुक्तानले बताए ।

गाउँघर क्लिनिक सञ्चालन, घरमै गर्भ परीक्षण कार्य भइरहेको पनि छ, होम डेलीभरी शुन्यतामा ल्याउन गाउँपालिका अग्रसर रहिरहेको उनले बताए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले दुर्गम गाउँहरुमा भौगोलिक विकटता रहेको स्थानहरुमा यस्ता पर्खिने घर निर्माण गर्दै आइरहेको बताए । प्रदेश सरकारको विशेष अनुदान अन्तरगत गत आवको वार्षिक कार्यक्रममा हामीले यस घर निर्माण गरिएको प्रमुख श्रेष्ठले बताए । टाढाबाट आउँदा खान र बस्न समस्या हुने अवस्था रहेकाले यस स्वास्थ्य चौकीमा एक कोठे घर निर्माण गरिएको उनले बताए ।

स्वास्थ्य संस्थामै सुत्केरी गराउँन सके आमा र बच्चाको स्वास्थ्य अवस्था जाँच गरि थाहा पाउन सकिने भएकाले स्वास्थ्य चौकीमै सुत्केरी गराउँन उनले अनुरोध समेत गरे । घर निर्माणले सेवा प्रवाहमा थप टेवा पुग्ने वडा ७ का अध्यक्ष उदासकुमार भोलनले बताए । हामीले यसअघि पनि खाना खुवाउने र राख्ने गरेका थियौं, घर निर्माण सहज बन्ने छ, उनले भने ।

वडाध्यक्ष भोलनकै अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तीलकप्रसाद गौतम, वडा सचिव युगचन्द्र भट्टराई, स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर लगायतको आतिथ्यता रहेको थियो । उक्त घर जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बस्न र खानको लागि आवश्यक सामाग्री उक्त घरमा राखिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...