कैलाश वडा नम्बर ७ मा आमा सुरक्षाका लागि वोइटिङ कक्ष सञ्चालन

२९ कात्तिक, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक वडा नम्बर ७ ङिको स्वास्थ्य चौकीमा आमा सुरक्षाका लागि पर्खिने घर९वोइटिङ कक्ष० सञ्चालनमा ल्याइएको छ । शुक्रबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त घर उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै अध्यक्ष मुक्तानले गर्भवती महिलाको अधिकारको विषय रहेकाले पनि घरको निर्माण गरिएको बताए । गाउँपालिकाको प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा सुत्केरी आमाहरुको लागि थप सुरक्षा होस् भन्ने हेतुले खाना बस्नको सुविधा सहित घर निर्माण गरिएको उनले बताए ।

वर्थिङ सेन्टर सञ्चालनले घरमा सुत्केरी हुनेको संख्या कम हुँदै गइरहेको बताउँदै अब सुत्केरी व्यथा लाग्नु अघि नै एक दुई दिन अघि देखी स्वास्थ्य सुरक्षाको लागि वोइटिङ कक्षमा आउन आग्रह गरे । सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता बढी रहेको वडामा विस्तारै स्वास्थ्य चेतना वृद्धि हुँदै गइरहेको अध्यक्ष मुक्तानले बताए ।

गाउँघर क्लिनिक सञ्चालन, घरमै गर्भ परीक्षण कार्य भइरहेको पनि छ, होम डेलीभरी शुन्यतामा ल्याउन गाउँपालिका अग्रसर रहिरहेको उनले बताए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले दुर्गम गाउँहरुमा भौगोलिक विकटता रहेको स्थानहरुमा यस्ता पर्खिने घर निर्माण गर्दै आइरहेको बताए । प्रदेश सरकारको विशेष अनुदान अन्तरगत गत आवको वार्षिक कार्यक्रममा हामीले यस घर निर्माण गरिएको प्रमुख श्रेष्ठले बताए । टाढाबाट आउँदा खान र बस्न समस्या हुने अवस्था रहेकाले यस स्वास्थ्य चौकीमा एक कोठे घर निर्माण गरिएको उनले बताए ।

स्वास्थ्य संस्थामै सुत्केरी गराउँन सके आमा र बच्चाको स्वास्थ्य अवस्था जाँच गरि थाहा पाउन सकिने भएकाले स्वास्थ्य चौकीमै सुत्केरी गराउँन उनले अनुरोध समेत गरे । घर निर्माणले सेवा प्रवाहमा थप टेवा पुग्ने वडा ७ का अध्यक्ष उदासकुमार भोलनले बताए । हामीले यसअघि पनि खाना खुवाउने र राख्ने गरेका थियौं, घर निर्माण सहज बन्ने छ, उनले भने ।

वडाध्यक्ष भोलनकै अध्यक्षतामा भएको कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तीलकप्रसाद गौतम, वडा सचिव युगचन्द्र भट्टराई, स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर लगायतको आतिथ्यता रहेको थियो । उक्त घर जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो । बस्न र खानको लागि आवश्यक सामाग्री उक्त घरमा राखिएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...