हेटौंडा–४ मा कांग्रेसको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन, डिना भन्छिन्– ‘बद्लिएको कांग्रेसले देश बदल्छ’

४ फागुन, हेटौँडा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले हेटौँडा–४ मा निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ। मंगलबार आयोजित कार्यक्रमका बीच कांग्रेसको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ले कार्यालय उद्घाटन गरेकी हुन् ।

हेटौँडा–४ स्थित हुप्रचौरको दक्षिणतर्फ रहेको एक घरमा वडा नम्बर ४ को निर्वाचन सम्पर्क कार्यालय स्थापना गरिएको हो। कार्यक्रममा बोल्दै उम्मेदवार डिनाले अहिले गाउँदेखि शहरसम्म कांग्रेसको पक्षमा सकारात्मक माहौल बनेको दाबी गरिन्।

‘विशेष महाधिवेशनपछि कांग्रेस बद्लिएको छ। बद्लिएको कांग्रेसले देश बदल्ने स्पष्ट योजनासहित निर्वाचनमा होमिएको छ,’ उनले भनिन्, ‘अहिले कतै गठबन्धन छैन। कांग्रेसले कांग्रेसलाई नै मत दिन पाउने अवस्था बनेको छ।’

डिनाले आफू अघिल्लो निर्वाचनमा पराजित भए पनि मकवानपुरको विकास र समृद्धिका लागि निरन्तर सक्रिय रहेको उल्लेख गरिन्। जनताबाट अनुमोदित भई जनताकै काम गर्न पुनः उम्मेदवार बनेको उनको भनाइ थियो।

नेपाली कांग्रेस हेटौँडा–४ का वडा सभापति हरि पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कांग्रेसका समानुपातिक उम्मेदवार पवित्रा विश्वकर्मा, बागमती प्रदेश सदस्य प्रदीप कोइराला, हेटौँडा उपमहानगर सभापति उत्सव इटेनी लगायतका नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कांग्रेसले मकवानपुरमा आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...