गगनकुमार थापा ले सार्वजनिक गरे ‘आईटी दशक’ रोडम्याप
४ फागुन, हेटौँडा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाललाई आगामी पाँच वर्षभित्र डिजिटल हबका रूपमा विकास गर्न सकिने दाबी गर्दै विस्तृत रोडम्याप सार्वजनिक गरेका छन् । सोमबार बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै उनले सूचना प्रविधि ९आईटी० क्षेत्रमा थोरै नीतिगत र संरचनागत सुधारले पनि ठूलो आर्थिक उपलब्धि हासिल गर्न सकिने बताएका हुन् ।
थापाले भने, “हामी गर्ने भनेर दत्तचित्त भएर लागेमा पाँच वर्षभित्र साँच्चिकै गर्न सक्छौँ प्रविधिको क्षेत्रमा। पाँच वर्षभित्र करिब चार खर्ब रुपैयाँ बराबरको आईटी सेवा विदेशमा निर्यात गर्न सकिन्छ। दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ।” आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाही–४ बाट उम्मेदवार रहेका थापाले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्यसमेत सार्वजनिक गरेका छन्।
४ खर्ब निर्यात र २ लाख रोजगा...
















