टाइब्रेकरमा आर्मी पराजित, नवजनजागृति सेमिफाइनलमा

१८ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सिमराको नवजनजागृति क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै नवजनजागृतिले अन्तिम चारको यात्रा तय गरेको हो ।

शुक्रबार बागमती गाउँपालिका– ४ स्थित सहिद स्मृति रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो। खेलको सुरुवातमै आक्रामक देखिएको आर्मीले आठौँ मिनेटमा कप्तान भरत खवासको गोलमार्फत अग्रता लिएको थियो ।

पहिलो हाफमा १–० को अग्रता जोगाएको आर्मी दोस्रो हाफमा दबाबमा पर्‍यो। खेलको इन्जुरी समयमा नवजनजागृतिले बराबरी गोल फर्कायो। दोस्रो हाफको अतिरिक्त समयको ९३औँ मिनेटमा सन्तोष गोङ्बाले उत्कृष्ट गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याएपछि मैदानमा रोमाञ्चकता थपिएको थियो।

टाइब्रेकरमा भने नवजनजागृति बढी संयमित देखियो। नवजनजागृतिका सुदीप लामा, रञ्जय चौधरी, विक्रम थोकर र सन्तोष गोङ्बाले प्रहारलाई गोलमा परिणत गरे। समीर नेपालीको प्रहार भने पोस्टमा ठोक्किएर फर्किएको थियो। आर्मीका तर्फबाट दिनेश हेन्जन, पेम्बा दोर्जे लामा र जिलेस्पिजंग कार्कीले गोल गरे पनि विमल पाण्डे र सुजन खत्रीको प्रहार नवजनजागृतिका गोलरक्षक युनेश चौधरीले उत्कृष्ट रूपमा बचाउ गरे।

उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक चौधरी ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा आयोजकसहित १० टिमको सहभागिता छ ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपैयाँ, विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ ले १० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...