Day: May 1, 2026

टाइब्रेकरमा आर्मी पराजित, नवजनजागृति सेमिफाइनलमा

टाइब्रेकरमा आर्मी पराजित, नवजनजागृति सेमिफाइनलमा

Breaking News 1, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
१८ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सिमराको नवजनजागृति क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै नवजनजागृतिले अन्तिम चारको यात्रा तय गरेको हो । शुक्रबार बागमती गाउँपालिका– ४ स्थित सहिद स्मृति रंगशालामा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो। खेलको सुरुवातमै आक्रामक देखिएको आर्मीले आठौँ मिनेटमा कप्तान भरत खवासको गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता जोगाएको आर्मी दोस्रो हाफमा दबाबमा पर्‍यो। खेलको इन्जुरी समयमा नवजनजागृतिले बराबरी गोल फर्कायो। दोस्रो हाफको अतिरिक्त समयको ९३औँ मिनेटमा सन्तोष गोङ्बाले उत्कृष्ट गोल गर्दै खेल १–१ को अवस्थामा पुर्‍याएपछि मैदानमा रोमाञ्चकता थपिएको थियो।...