बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ। शनिबार बागमती– ४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चित्लाङले सशस्त्र प्रहरी बल एपिएफक्लबलाई २–१ गोलले पराजित गरेको हो ।

चित्लाङका लागि विदेशी खेलाडी सोलोमन किङले खेलको ११औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए । पहिलो हाफमा १–० को अग्रता बनाएको चित्लाङले दोस्रो हाफमा पनि आक्रामक खेल जारी राख्यो।

एपिएफका बुद्धिमान राईले ४७औँ मिनेटमा गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याए पनि चित्लाङका एरोन थापाले ६०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका चित्लाङका लक्ष्मण थापा ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । जितसँगै चित्लाङ एफसी सेमिफाइनल प्रवेशका लागि एक कदम नजिक पुगेको छ। चित्लाङले अब मंगलबार मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ। मछिन्द्र क्लब समूह ‘बी’बाट बाई पाउँदै अर्को चरणमा पुगेको टोली हो ।

मछिन्द्र यस प्रतियोगिताको छैटौँ संस्करणको विजेता तथा सातौँ संस्करणको उपविजेतासमेत रहिसकेको छ । प्रतियोगिताअन्तर्गत आइतबार सातौँ संस्करणको विजेता चर्च ब्वाइज युनाइटेड र सर्लाहीको बागमती युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको सेमिफाइनल खेल २३ र २४ वैशाखमा हुनेछन् भने फाइनल खेल २६ वैशाखमा तय गरिएको छ।

आयोजकसहित १० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ तथा उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार रुपैयाँ र विधागत उत्कृष्ट खेलाडीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...