बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि

बूढानीलकण्ठ नगरपालिकाका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आरटी पिसिआर गरि बिहिबार, शुक्रबार र शनिबार तीन दिनमा आएको  परिक्षणको  नतिजा अनुरुप बूढानीलकण्ठ नगरपालिका वडा नं ८ का तीन जना, वडा नं ३ र वडा नं ७ का एक एकमजना गरि ५ जनामा कोरोना संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएका पाँचजना मध्ये बू.न.पाका वडा नं ८ का ३५ वर्षीय पुरुष, ३२ र ४१ वर्षीय महिला,  वडा नं ३ का २३ वर्षीय पुरुष तथा वडा नं ७ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ बूढानीलकण्ठ नगरपालिकाको जनस्वास्थ्य शाखाका प्रमुख कुमार प्रसाद दाहालले जानकारी प्रदान गर्नुभएको छ। संक्रमण पुष्टि भएकाहरु सबै अन्य जिल्लाबाट उपत्यकामा केहि दिन अघि मात्रै प्रवेश गरेको जानकारी समेत दाहालले बताउनुभएको छ।

बू.न.पा वडा नं ७, वडा २ र वडा ३ मा पुष्टि भएका संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ्गको कार्य आइतबारदेखि शुरु गरिने स्वासस्थ्य शाखा प्रमुख दाहालले बताउनुभएको छ। साथै हाल संक्रमण भएटिएका सबै व्यक्तिहरु अन्य जिल्लाबाट आएका र सो व्यक्तिहरु बसेको घरहरुको घरधनिहरुको समेत पिसिआर परिक्षण गरिने प्रमुख दाहाल बताउनु हुँदै सबै घरधनिहरुलाई नगर जनस्वास्थ्य शाखआमा सम्पर्क गर्नका लागि अनुरोध गर्नुभएको छ। साथै नगरपालिकाभित्रका सबै बासिन्दा तथा व्यक्तिहरुलाई सजग र सुरक्षा उपाय अपनाउन समेत प्रमुखले आग्रह गर्नुभएको छ।संक्रमित मध्ये तीन जना बलम्बु र एक जनालाई टेकु अस्पतालमा उपचारका लागि आइसोलेसनमा राखिएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...