विपतको सारथी बन्दै, सुनापतिमा नेकपा माओवादी केद्र, अक्सिजन सहित स्वास्थ्य सामाग्री सहयोग

जेठ २१ रामेछाप।जनताको दुःखको साथी-माओवादी भन्ने अभियान स्वरुप माओवादी केन्द्र सुनापतिले कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर गाउँपालिकाभित्र संक्रमित दिनप्रतिदिन आक्रान्त फैलिएपछि अस्पतालमा अक्सिजन, आईसीयू, बेड, र अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव हुँदा दिनप्रतिदिन मृत्यु हुनेको संख्या बढ्न थालेपछि सुनापति गाउँपालिका बासीको ज्यान बचाउनका लागि स्वास्थ्य सामाग्री जनप्रतिनिधि मार्फत सुनपति बासीलाई स्थानान्तरण गरेको छ । 

नेकपा-माओवादी केन्द्रद्वारा आज सुनापति गाउँपालिकामा माक्स – ७५,०००, साबुन – १५,०००, सेनिटाइजर – २०० लिटर, थर्मोमिटर – २५००पिस, अक्सोमिटर – ५० पिस, अक्सिजन सिलिन्डर ठुलो – ५ सिलिन्डर (४० लिटरको), अक्सिजन सिलिन्डर मिडियम – ५ सिलिन्डर (१०लिटरको), अक्सिजन कन्सट्रेटर मेसिन – १ थान, नर्मल बेड – २ सेट, ट्रली बेड – ट्रली बेड १ सेट, हस्पिटल फोल्डिङ बेड – १० सेट, स्लाइन स्ट्यान्ड – ५ थान, अक्सिजन ट्रली – १ थान्, पानी तताउने इलेक्ट्रिक जग – ४० थान्, टि.भी स्ट्यान्ड – १२ थान्, म्याट्रेस – १३ थान्, सिरानी – १३ थान्, बेड कभर – १३ थान्, डस्ट्बिन – २५ वटा, अक्सिजन सिलिन्डर रेगुलटर – १० थान् , पि पि ई सेट – १०० पिस,  सन्क्रमितको लागि पोषिलो गेडागुडि- ६०० किलो, जानचेतना जगाउने फ्लेक्स प्रिन्ट – १०० वटा, जनप्रतिनिधि मार्फत सुनापति बासीलाई सहयोग गरेको रोज थिङलेसुनापति न्युजलाई जानकारी दिनुभयो ।

अभियानका संयोजक वडा नं १ का कर्णखर चौलागाई, वडा नं २ का होमराज खपाङ्गी मगर, वडा नं ३ का रोज थिङ, वडा नं ४ का हिरालाल तामाङ, वडा नं ५ का ईलक सिं ग्यापकले आफ्नो सञ्जालका, पार्टी सदस्यहरु, पार्टीका समर्थक तथा शुभचिन्तकहरुलाई सहकार्य गर्दै यस अभियानमा सहभागी रहेको जानकारी दिनुभयो । 

स्वास्थ्य सामाग्री हस्तान्तरणमा पार्टी वडा कमिटी अध्यक्ष तथा परिचालन समितिको संयोजकले संयुक्त रुपमा गाँउपालिका अध्यक्ष धावा लामा र वडा अध्यक्ष तथा वडाको सदस्यहरुलाई हस्तान्तरण गरेका थिए । माओवादी केन्द्र सुनपतिले यस अभियानमा सुनापति गाँउपालिका पार्टी र सुनापति काठमाडौं सम्पर्क मंचलाई एकैसाथ परिचालान गरेको थियो । 

माओवादी केन्द्र सुनापतिले पाँच वटै वडामा कोभिड स्वास्थ्य ईकाई समेत स्थापना गरेको छ । पाँच वटै वडाहरुमा यस ईकाईले महामारी नियन्त्रण गर्न जनचेतना फैलाउने, विरामी लाई आवश्यक औषधि उपलब्ध गर्ने, स्वास्थ्यकर्मीसँग परामर्शको लागि सहजीकरण गर्ने, आपतकालिन अवस्थाको लागि अक्सिजनको भरपुर उपलब्ध गराउने, एम्बुलेन्स लगायत सवारीसाधन चुस्त रुपमा सम्पर्क गर्ने गराउने काममा खटिने जानकारी दिनुभयो। 

कोरोनाभाइरस कोभिड-१९ को नियन्त्रण सम्बन्धी नेकपा माओवादी केद्र सुनापतिले यस निर्णयलाई कृयान्वयन गर्ने क्रममा बागमती प्रदेशमै पहिलो पहलकदमी लिएकोमा पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरु गौरवान्तित महशुश गरेका छन् ।

आजको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा नेकपा माओवादी केन्द्रको नेता टंकलाल घिसिङ (टलक) ले जनस्वास्थ्यप्रति गम्भिर चासोका साथ सामाग्री सहित वृहत परिचालानको कार्यक्रम बनाएको बताउनुभयो ।

त्यसैगरी वडा नं. ३ वडा अध्यक्ष बाबुराम तामाङले वडा कार्यालयबाट स्वयंसेवक मार्फत प्रत्येक वडाबासीको घरघरमा पुर्याउन सहयोग गर्ने बताउँदै सहयोगी हातहरुलाई वडा अध्यक्ष तामाङले धन्यबाद दिनु भएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

मकवानपुरमा लागुऔषधसहित चार दिनमा १३ जना पक्राउ

१८ जेठ, हेटौँडा । मकवानपुर प्रहरीले चार दिनको अवधिमा विभिन्न स्थानबाट १३ जनालाई लागुऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्याल...
प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभामा चर्को विरोध, राजीनामाको माग

१८ जेठ, हेटौँडा । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा सीमा विवादका विषयमा दिएको पछिल्लो अभिव्यक्तिविरुद्ध बागमती प्रदेशसभ...
गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

गौरीटार अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन

१७ जेड, हेटौँडा । हेटौँडाको गौरीटारमा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान आइतबार औपचारिक रूपमा उद्घाटन गरिएको...
११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२४ वैशाखमा बागमती प्रदेशभर सार्वजनिक बिदा

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । ...
मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

मुख्यमन्त्री बानियाँविरुद्ध कदमप्रतिको कांग्रेस मकवानपुरको आपत्ति

२१ वैशाख, हेटौँडा । नेपाली कांग्रेस मकवानपुर ले बागमती प्रदेशका सभापति तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ विरुद्ध...
सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

सुकुमवासी तथा अव्यवस्थित बसोबासीको प्रदर्शन

२१ वैशाख, हेटौँडा । संघीय सरकारले अतिक्रमित बस्ती खाली गर्ने तयारी थालेपछि मकवानपुरमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरू ...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...