जेठ २२ रामेछाप।पछिल्लो समय सुनापति गाउँपालिका वडा नं. ३ मा कोरोनाभाइरस कोभिड-१९ को दोस्रो लहर ‘हटस्पट’ बनिरहेको भेला वडाध्यक्ष बिरामीको स्वास्थ्य लाभको कामना गर्दै बिरामी भेट्न घर घरमा र अस्पताल पुगेका छन् ।
सुनापति गाउँपालिका वडा नं. – ३ का अध्यक्ष बाबुराम तामाङले कोरोनाभाइरस कोभिड-१९ को सङ्क्रमित भई कोभिड अस्पतालमा बसेका बिरामीको स्वास्थ्य अवस्था बुझ्न कोभिड अस्पताल बेथान पुगेका छन् ।
केही दिनअघि पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गरी होम आइसोलेशनमा बसेका दुई जना वडा बासीको स्वास्थ्य अवस्था सुधार नआएपछि कोभिड अस्पतालमा भर्ना गरिएको बिरामीको स्वास्थ्य अवस्था बुझ्दै बिरामीलाई उच्च मनोबलका साथ सामना गर्न हौसला प्रदान गरेका छन् ।
वडा अध्यक्ष तामाङ्गले सुनापति न्युजसँग भने, आफ्नो वडाबासीलाई जोगाउन स्वास्थ्यकर्मी सहित जनताको घर दैलोमा पुगेका छन्, वडाले अस्पतालसम्म पुर्याउन एम्बुलेन्स, आइसोलेशन बेड, तयारी अवस्थामा राखेको र हिलेदेवी बासीलाई यो विषम परिस्थितिमा स्वास्थ्य सामग्रीसहित औषधिमा केही पनि कमी हुन नदिने बताउँदै चौबिसे घण्टा जनताकै सेवामा रहने बताउनुभयो ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।