Day: २०८२, १६ आश्विन बिहीबार १०:५३

आज विजयादशमी, टीका–प्रसाद ग्रहण गर्ने साइत बिहान ११:५३ मा उत्तम

आज विजयादशमी, टीका–प्रसाद ग्रहण गर्ने साइत बिहान ११:५३ मा उत्तम

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
१७ असोज, हेटौंडा । हिन्दु धर्मावलम्बी नेपालीहरूको महान् चाड बडादसैंअन्तर्गत आज विजयादशमी, टीकाको दिन देशभर धूमधामका साथ मनाइँदै छ । यस दिन आफूभन्दा ठूला मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप रातो टीका र समृद्धिको प्रतीक जमरा ग्रहण गरी आशीर्वाद लिने प्रचलन रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिले आज बिहान ११:५३ बजे टीका–प्रसाद ग्रहण गर्न उत्तम साइत रहेको जनाएको छ । टीका लगाउनु अघि देवी विसर्जन गर्ने परम्परा छ । घटस्थापनाको दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीका दिन मान्यजनले टीका र जमरा दिने चलन रहिआएको छ । आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमीलाई शक्तिकी देवी दुर्गाले असुरमाथि विजय हासिल गरेको दिनका रूपमा लिइन्छ । यसै अवसरमा दसैँघर वा पूजाकोठामा नौ दिनसम्म पूजा–आराधना गरेर राखिएको प्रसाद आज मान्यजनबाट ग्रहण गरिन्छ । आजको दिन टीका लगाउन नभ्याउनेह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज