७३ औ तरुण स्थापना दिवस: नेपाल तरुण दल ‘विगत, वर्तमान र भविष्य’
राजेश भेटवाल
नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल आफ्नो स्थापना दिवस मनाउँदैछ । श्रद्धेय नेता महामानव वि.पी. कोइरालाज्युद्वारा २०१० साल कार्तिक १० गते स्थापित यो संगठनले नेपाली राजनीतिमा युवाशक्तिको परिचालनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस वर्ष पनि तरुण दलले सानेपा स्थित नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयको प्राङ्गणमा आफ्नो स्थापनाको वर्षगाँठ मनाउँदैछ ।
नेपाली कांग्रेसको विचार, आदर्श र तरुण दलको भूमिका:
नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो सामाजिक–लोकतान्त्रिक राजनीतिक दल हो । यसका मूल वैचारिक आधारहरू लोकतान्त्रिक समाजवाद , सामाजिक लोकतन्त्र नै हुन । राष्ट्रियता, लोकतन्त्र र समाजवाद यसका संस्थापक सिद्धान्त हुन् ।
नेपाल तरुण दल नेपाली कांग्रेसको युवा संगठन हो, जसलाई बी.पी. कोइरालाले नेपाली राजनीतिलाई गतिशील बनाउन, युवाका सरोकारहरूलाई सम्बोधन गर्न र समाजवाद उन्मुख ...














