७३ औ तरुण स्थापना दिवस: नेपाल तरुण दल ‘विगत, वर्तमान र भविष्य’

राजेश भेटवाल

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल आफ्नो स्थापना दिवस मनाउँदैछ । श्रद्धेय नेता महामानव वि.पी. कोइरालाज्युद्वारा २०१० साल कार्तिक १० गते स्थापित यो संगठनले नेपाली राजनीतिमा युवाशक्तिको परिचालनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यस वर्ष पनि तरुण दलले सानेपा स्थित नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालयको प्राङ्गणमा आफ्नो स्थापनाको वर्षगाँठ मनाउँदैछ ।

नेपाली कांग्रेसको विचार, आदर्श र तरुण दलको भूमिका: 

नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो सामाजिक–लोकतान्त्रिक राजनीतिक दल हो । यसका मूल वैचारिक आधारहरू लोकतान्त्रिक समाजवाद , सामाजिक लोकतन्त्र नै हुन । राष्ट्रियता, लोकतन्त्र र समाजवाद यसका संस्थापक सिद्धान्त हुन् ।

नेपाल तरुण दल नेपाली कांग्रेसको युवा संगठन हो, जसलाई बी.पी. कोइरालाले नेपाली राजनीतिलाई गतिशील बनाउन, युवाका सरोकारहरूलाई सम्बोधन गर्न र समाजवाद उन्मुख राजनीतिलाई अगाडि बढाउने उद्देश्यका साथ स्थापना गरेका थिए ।

२००७ सालको क्रान्ति सफल भएपछि प्रजातन्त्रका विरुद्धमा अर्को षड्यन्त्र सुरु भएको थियो । यस्तो अवस्थामा प्रजातन्त्रको बचाउका लागि लडाइँ लड्न सक्ने युवा आवश्यकताको उपज नै नेपाल तरुण दल हो । यसलाई बी.पी. कोइरालाज्युले विचारमा आधारित,  सबल र सशक्त संगठनका रूपमा अगाडि बढाउन चाहेका थिए ।

सन्त नेता कृष्णप्रसाद भट्टराईज्युले तरुण दललाई नेपाली कांग्रेसको ‘भ्रातृ संस्था नभई साथी संस्था’ भनेर व्याख्या गरेका थिए ! २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसलाई दुई तिहाइ सिटसहित पहिलो पार्टी बनाउन तरुण दलको पनि महत्वपूर्ण भूमिका रहेको थियो । पञ्चायती शासनकाल र राजाको प्रत्यक्ष शासनकालमा पनि तरुण दल अविचलित रूपमा आफ्नो लक्ष्यमा अडिग रह्यो ।

संस्थापक अध्यक्ष र योगदान:

नेपाल तरुण दलको संस्थापक अध्यक्ष स्व. सिहध्वज खडका ज्यु  हुनुहुन्थ्यो । उहाँले बी.पी. कोइरालाको परिकल्पनालाई साकार पार्न र तरुण दललाई एउटा सशक्त युवा शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभयो । तरुण दलको सुरुवाती दिनहरूमा संगठन निर्माण, लोकतान्त्रिक मूल्यमान्यताको प्रचारप्रसार र युवाहरूलाई राजनीतिक जागरणमा सहभागी गराउन उहाँको नेतृत्व प्रशंसनीय रहेको थियो ।

नेपाल तरुण दलको पुनर्स्थापनाकालमा यसको नेतृत्व बालकृष्ण खाण ज्युले गर्नुभएको थियो । नेपाली कांग्रेसका एक प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खायौं  नेतृत्वकालमा तरुण दललाई अझ सशक्त र गतिशील बनाउन महत्वपूर्ण योगदान पुगेको थियो । वहाँले तरुण दललाई वैचारिक रूपमा सबल बनाउँदै राष्ट्रिय राजनीतिमा युवाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन प्रयत्न गर्नुभयो ।

संगठन विस्तार, युवाहरूलाई राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शहरूमा दीक्षित गराउन तथा पार्टीको सिद्धान्तलाई जनस्तरमा पुर्‍याउन उहाँको योगदान महत्वपूर्ण मानिन्छ । तत्पश्चात महादेव गुरुङ/बिनोद कायस्थ, महेन्द्र यादव, उदय शमशेर राणा, जितजंग बस्नेत लगाएतका अध्यक्षहरुले आ-आफ्नो कार्यकालमा कुसलतापुर्बक संस्थागत राजनैतिक संस्कार र राष्ट्रियताका सवालमा सचेत, सबल र सक्षम रहि देश र समाजमा आईपर्ने हरेक विपद र समस्यामा उत्तरदायी रहि आफ्नो ऐतिहासिक कार्यभार सम्मानजनक सम्पादन गर्नुभयेको थियो ।

हाल विद्वान गुरुङ ज्युको नेतृत्वमा रहेको नेपाल तरुण दल राष्ट्र र समाजप्रति जवाफदेही रहि हरेक विपदमा हार्दिकता साथ उपस्थिति रहि पाचौ महाधिवेशनको ऐतिहासिक उत्तरदायित्वमा जुटिरहेको छ ।

यसैबीच, नेपालमा ’जेन-जेड प्रदर्शन’  विश्व राजनीतिमा समेत उदाउँदो नयाँ शक्तिको रूपमा आफूलाई प्रस्तुत गरेको छ । यद्यपि, जेनजी समूहभित्र वैचारिक अस्पष्टता र जस लिने होडबाजी जस्ता चुनौतीहरू पनि देखिएका छन। जसलाई विषम परिस्थितिबिच राष्ट्रियता, सामाजिक एकता र बन्धुत्व भातृत्वको बिकास गर्दै प्रदर्शनका सकारात्मक आवाजलाई सकारात्मक रुपमा ग्रहण गर्दै एकता र शान्ति पुनर्स्थापन गर्ने जिम्मेवारी पनि तरुण दलमा आयेको छ ।

तरुण दलको राष्ट्र निर्माण, राष्ट्रियता र लोकतन्त्रको लागि भूमिका:

नेपाली कांग्रेसका युवाहरू र विशेषगरी तरुण दलका सदस्यहरूको देश निर्माण, राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको संरक्षण तथा संवद्र्धनमा अहम् भूमिका रहेको छ । तरुण दलले लोकतन्त्र र समाजवाद तथा राष्ट्रियता र समावेशीकरण आदि विषयमा केन्द्रित रहेर तरुणहरूलाई संगठित गर्नुपर्छ ।

१. राष्ट्र निर्माणमा भूमिका: तरुण दलले युवा पंक्तिलाई एकताबद्ध गर्दै देशको विकास र समृद्धिका लागि परिचालन गर्नुपर्छ । गरिबी र पछौटेपनबाट मुक्त, कुशल, सबल र संस्कारयुक्त पुस्ता तयार गर्ने यसको उद्देश्य हुनुपर्छ। राष्ट्र निर्माणमा युवाहरूको बौद्धिक, शारीरिक र सिर्जनात्मक क्षमताको उच्चतम प्रयोग अपरिहार्य छ ।

२. राष्ट्रियताको संरक्षण: तरुण दलले राष्ट्रियताको पहरेदारको रूपमा काम गर्नुपर्छ। बाह्य हस्तक्षेप र राष्ट्रिय स्वार्थमा आँच पुऱ्याउने हरेक गतिविधिको डटेर सामना गर्दै देशको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको रक्षाका लागि सधैं अग्रपंक्तिमा रहनुपर्छ ।

३. लोकतन्त्रको सुदृढीकरण: लोकतान्त्रिक मूल्यमान्यता, विधिको शासन, मानव अधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि तरुण दलको भूमिका निर्णायक हुन्छ । भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध शान्तिपूर्ण तरिकाले आवाज उठाउँदै लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउन युवाहरू सक्रिय हुनुपर्छ । बीपी कोइरालाले परिकल्पना गरे अनुसार, तरुण दल स्वतन्त्रता र परिवर्तनको रक्षार्थ निर्माण गरिएको दरिलो ढाल हो । लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास हुँदा २०१७ साल पुस १ गते तरुण दलको उद्घाटन कार्यक्रमबाटै नेताहरूलाई जेल हालिएको इतिहासले पनि तरुण दलको जन्म नै तानाशाहीविरुद्ध केन्द्रित रहेको देखाउँछ ।

४. आन्तरिक राजनीतिमा सचेतना र एकता: तरुण दलले अब गुटगत राजनीतिभन्दा माथि उठेर एकताको सन्देश दिँदै जनताको हित, संगठन र लोकतन्त्र तथा समाजवादको प्रचारप्रसारमा लाग्नुपर्छ। पार्टीभित्रको आन्तरिक राजनीतिलाई अतिरञ्जित नगरी , सकारात्मक ऊर्जाका साथ पार्टीलाई बलियो बनाउन तरुण दल सचेत हुनुपर्छ। राजनीतिलाई सेवाको संस्कृति र निष्काम प्रवृत्तिले अगाडि बढाउनुपर्ने बीपीको आदर्शलाई युवाहरूले आत्मसात् गर्नुपर्छ ।

५. संस्कारसहितको संस्थागत राजनीति र सकारात्मक हस्तक्षेप: जेनजेड प्रदर्शनले उठाएका मुद्दाहरूलाई गहिरोसँग मनन गर्दै युवाहरूलाई राजनीतिमा सकारात्मक हस्तक्षेप गर्न आह्वान गर्दै , उनीहरूको ऊर्जालाई देश र लोकतन्त्रको हितमा लगाउनु आजको अपरिहार्य आवश्यकता छ !

तरुण दलले ‘संस्कारसहितको संस्थागत राजनीति’ लाई बढावा दिनुपर्ने आजको आवश्यकता छ । जहाँ भौगोलिक, राष्ट्रिय अन्तर्राष्ट्रिय राजनिति , राष्ट्रको गम्भीरता र राष्ट्रमै चुनौतीको सामना गरी अबसर सृजना र उत्तरदायित्वका सबालमा सचेत रहने कर्म गर्ने/गराउने प्रमुख जिम्मेवारी पनि संस्थागत रुपमा तरुणकै काँधमा आयेको छ।

अन्तमा , राष्ट्र आज बिषम परिस्थितिबिच छ। यो देश हामी सबैले मिलेर बनाउने हो। आरोप प्रत्यारोप , फुटको राजनितिले देशलाई थप समस्याबिच पुर्याउने हुदा यसतर्फ सचेत रहि सबैको गर्बिलो ईतिहास , सह-अस्तित्वलाई हार्दिकताका साथ स्वागत सम्मान गर्दै एकजुट भै बनाउने हो। जय तरुण, जय नेपाल 🙏

राजेश भेटवाल

केन्द्रीय सदस्य, नेपाल तरुण दल केन्द्रिय समिति

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...