कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु
१० चेत, हेटौँडा । देशको दक्षिणी क्षेत्रमा वायुसेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन् । अधिकारीहरूका अनुसार, अमेरिकी निर्मित सी–१३० हर्कुलस विमान उडान भरेको केही समयमै दुर्घटनामा परेको हो। उक्त विमानमा ११४ सैन्य कर्मचारी र ११ चालक दलका सदस्य सवार रहेका थिए ।
वायुसेना कमान्डर कार्लोस फर्नान्डो सिल्भा रुएडा ले घटनाको पुष्टि गर्दै उद्धार कार्य तीव्र रूपमा जारी रहेको जानकारी दिएका छन् । दुर्घटना पुटुमायो प्रान्त अन्तर्गत पर्ने प्युर्टो लेगुइजामो नजिकै भएको हो। घटनास्थलमा पठाइएका आपतकालीन उद्धार टोलीहरूले भग्नावशेषमा जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन् ।
घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक विवरणअनुसार, उडानपछि केही समयमै प्राविधिक समस्या आएको हुनसक्ने आशंका गरिएको छ, तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ । बीबीसी...














