माओवादी स्थायी समिति बैठक : विचार मिल्नेसँग सहकार्यसँगै एकता भई अगाडि बढ्ने

काठमाडौँ  ।  नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट पार्टीको अवधारणाका साथ अगाडि बढ्ने निर्णय गरेको हो ।     

तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा चुनावी गठबन्धन र पार्टी एकतासमेत भएको थियो । एकता प्रक्रिया तीन वर्ष पूरा नहुँदै टुटेपछि नयाँ आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने माओवादीले निष्कर्ष निकालेको छ । विचार मिल्ने सबै वामपन्थी पार्टी र समूहसँग सहकार्य गर्दै एकताको प्रक्रिया अगाडि बढाउने बैठकको निष्कर्ष रहेको माओवादीले जनाएको छ ।     

बैठकले पार्टीका विभागीय प्रमुख तोकेको छ । जिल्ला इन्चार्ज तोक्ने जिम्मा भने प्रदेश समितिलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । केन्द्रीय समितिको बैठकको दिशानिर्देशअनुसार आज विभागीय प्रमुख, प्रदेश प्रमुख तोकिएको हो ।     

माओवादीले सात प्रदेशका इन्चार्ज र अन्य विभागका प्रमुख तोकेर पार्टी सङ्गठनको कामलाई प्रभावकारी बनाउन लागिएको जनाएको छ । माओवादीले जिल्ला समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरेको छ । सोही आधारमा जिल्ला इन्चार्ज तोकेको छ ।     

त्यस्तै, केही जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ । केन्द्रीय प्रतिनिधिले पार्टी सङ्गठनको काम सम्हाल्नेछ । माओवादीले सङ्घीय, प्रदेश र स्थानीय समिति बढी कामकाजी बनाउन लागेको छ । जिल्ला समितिलाई प्रदेश र स्थानीय तहको समन्वय गर्ने जिम्मा मात्रै दिइएको छ । यस्तै, माओवादी छाडेर एमाले प्रवेश गरेका नेताको सट्टामा अन्य नेतालाई जिम्मेवारी दिएर परिपूर्ति गरिएको छ । यस्तै, माओवादीले वडा, पालिका र प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । अधिवेशनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार पार्ने काम जारी रहेको छ । ती तयार भएपछि तल्ला तहमा पठाइने छ । 

त्यसैगरी माओवादीले ‘प्रतिगमन’प्रति सचेत रहँदै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधिको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रित गर्न सिङ्गो पार्टी कमिटीलाई निर्देशित गरिएको जनाएको छ । फरक एक प्रसङ्गमा प्रवक्ता श्रेष्ठले निर्वाचन आयोगले नयाँ दल दर्ताको प्रक्रिया सम्पन्न गरेलगत्तै मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिनुभयो ।     

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज