कुलमानको पक्षमा हेटौँडामा वाइसियलको नेतृत्वमा प्रदर्शन

१२ चैत, हेटौँडा । सरकारले बदनियतपूर्ण ढंगबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङलाई हटाएको भन्दै हेटौँडामा पनि प्रदर्शन गरिएको छ । माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को नेतृत्वमा हेटौँडामा प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा उनीहरुले हातमा ममबत्ति र टुकि बत्ति बालेर प्रदर्शन गरेका थिए । सरकारले बदनियत राखेर कुलमानलाई पदबाट हटाएको उनीहरुले आरोप लगाएका थिए । उनीहरुले तत्काल सरकारको निर्णय फिर्ता लिनुपर्ने माग गर्दै निर्णय फिर्ता नलिए त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सत्ता साझेदार दलहरु एमाले र कांग्रेस हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

हेटौँडाको सिमाचोकबाट नारा जुलुस गर्दै निस्किएका उनीहरुले विद्युत माफियाका चंगुलमा फसेर सरकारले उज्यालो नेपालका नायक कुलमानलाई हटाइएको उनीहरुले आरोप लगाएका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएका छन् ।

प्रधानमन्त्री ओलीको पुतला जलाउने कार्य रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच केहिबेर घम्साघम्सीसमेत भएको थियो । त्यस क्रममा प्रहरी निरीक्षक विमला कठायत घाइते भएकी छिन् । केहिबेरको प्रदर्शनपछि उनीहरुले बुद्धचोकमा कोणसभाको आयोजना गरेका थिए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...