कुलेखानी फाखेल हुमाने सडकमा मन्त्री मास्केले गरे आकस्मीक अनुगमन

८ जेठ, हेटौँडा । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री अमनकुमार मास्केले कुलेखानी(फाखेल(हुमाने सडकको आकस्मीक अनुगमन गरेका छन् । बिहीबार साँझ मन्त्री मास्केले सो सडकको स्थलगत अनुगमन गरेका हुन् । सडक बन्द गरेर स्तरोन्नती भइरहेको स्थानमा मन्त्री मास्केले अनुगमन गरेका हुन् । हेटौंडा–काठमाडौं जोड्ने उक्त सडक बागमती प्रदेश सरकारको लगानीमा असारअगावै सक्ने गरी स्तरोन्नती सहित कालोपत्र गर्ने काम भइरहेको छ ।

२ जेठबाट कालोपत्रे सुरु भएको उक्त सडकमा लापवाही ढंगबाट काम भएको गुनासो आएपछि मन्त्री मास्के आकस्मीक रुपमा अनुगमनमा पुगेका हुन् । सो सडक खण्डको हुमानेदेखि राकस खोलासम्म गरिएको कालोपत्रे उक्किएको भन्दै स्थानीयहरुले विरोध गरेका थिए । केही दिन अघि मात्र हालिएको उक्त कालोपत्रे उक्किएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि सडकको अवस्था बुझ्न मन्त्री मास्के आफै पुगेका हुन् । १९ दिनमा कालोपत्रे सक्ने गरी काम भइरहेको सो सडकमा रातको समयमा पनि कालोपत्रे हाल्ने काम भइरहेको थियो ।

पूर्वाधार विकास कार्यालय मकवानपुरका अनुसार जेठ १९ गतेसम्म काम सक्नुपर्ने र मौषम अनुकुल नहुँदा रातको समयमा पनि काम गराइएको थियो । विपद् प्रभावित उक्त सडकको असार अगावै काम सक्नेगरी निर्माण व्यवसायीलाई अधिकतम परिचालन गरी सडक कालोपत्रे गर्ने काम भएको कार्यालयका प्रमुख इन्जिनियर सुजन भण्डारीले जानकारी दिए ।

उनका अनुसार वर्षायाममा हेटौंडा काठमाडौं सहज यात्राका लागि सो सडक तयार गर्नेगरी विपदबाट क्षती पुगेका क्षेत्रमा समेत काम भइरहेको र कालोपत्रे गर्नुपर्ने स्थानमा छिटो काम सक्नेगरी अघि बढाइएको उनले बताए । कालोपत्रे हालिएको स्थानमा केही व्यक्तिहरुले साबेल प्रयोग गरी उकाउने र असारे विकास भन्दै विरोध गर्ने काम गरेको उनको दावी छ । सडक कालोपत्रसहित विपदले क्षति पुगेको स्थानको व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको उनको भनाई छ ।

१२.६ किलोमिटर लम्बाइ र ८.२० मिटर चौडाइ ९हुमानेदेखि कंलकी० सम्मको सडक कालोपत्रे गर्ने काम भइरहेको उनले जानकारी दिए । सडकको ८.५० किलोमिटर कालोपत्र तथा ४ किलोमिटर ढलान कार्य हुने उनले बताए । उनका अनुसार गत २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँमा सडक कालोपत्रका लागि सम्झौता गरिएको थियो । हाल सो सडक खण्डको २ कलिोमिटर सडक कालोपत्रे कार्य भइसकेको छ ।

अनुगमनका क्रममा मन्त्री मास्केले निर्माण भएका संरचनाको गुणस्तर कायम गर्ने विषयमा गम्भिर हुन निर्देशन दिएका छन् । गुणस्तरमा मन्त्रालयले कुनैपनि कम्प्रोमाइज नगर्ने उनले बताए । गत असोजमा गएको विपदमा बाढीका कारण कुलेखानी फाखेल हुमाने सडक सहित हेटौंडा काठमाडौं जोड्ने कुलेखानी सिस्नेरी दक्षिणकाली सडकमा समेत क्षती पुगेको थियो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...