१९ असार, हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार सार्वजनिक स्थलमै हातपात भएको छ । उनलाई एकजना निर्माण व्यवसायी महिलाले हातपात गरेकी हुन् । हेटौँडा ४ स्थित हेटौँडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका बेला वडाध्यक्ष सिग्देलमाथि मञ्जु लामा नामकी निर्माण व्यवसायी महिलाले हातपात गरेकी हुन् । उनी काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी भएको मकवानपुर प्रहरीले जनाएको छ ।
सडक निर्माणको ढिलासुस्तीलाई लिएर विवाद सुरु भएको समयमा निर्माण व्यवसायी लामाले भिडियो खिच्न खोज्दा आफुले भिडियो खिच्न नदिएको बिषयलाई लिएर आफुमाथी आक्रमण भएको वडा अध्यक्ष सिग्देले बताए । उनले लामोसमय देखि अलपत्र छाडिएको उक्त सडक निर्माणमा सहजिकरण गरिरहेको समयमा भएको विवाद गर्दै ती महिलाले आफुमाथी हातपात गरेको वडा अध्यक्ष सिग्देलको दावी छ ।
महिला जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रवक्ता अर्यालले घटनाको बारेमा अनुसन्धान भइरहेकोले अहिले नै आफुहरुले केहि भन्न नसक्ने बताए । बिहीबारको उक्त घटानापछि सडक निर्माण कार्य रोकिएको छ भने वडा कार्यालयले शुक्रबारका लागि तय भएका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको सजनाएको छ ।
यस्तै हेटौँडा उपमहानगरपालिकाले पनि जनप्रतिनिधिमाथि निरन्तर भइरहेको आक्रमणको घटनामा दोषीलाई कारवाही नभएको भन्दै विरोधमा शुक्रबार सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । उपमहानगर प्रमुख मीनाकुमारी लामाले बिहीबार साँझ पत्रकारहरुसँग कुरा गर्दै नगरका वडाध्यक्षहरूको सुरक्षामा गम्भीर चुनौती देखिएकोले विरोध स्वरुप एकदिन पालिका भित्रका सम्पूर्ण कामहरु बन्द गर्नुपरेको दावी गरिन् । उनले यसअघि ४ असारमा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथी भएको सांघातिक हमलामा संलग्नलाई समेत कारवाही नभएको भन्दै आक्रोश व्यक्त गरिन् ।
यसअघि गत ४ असामा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि पनि आक्रमण भएको थियो । उक्त घटनामा संलग्नहरु पक्राउ नपर्दै वडानम्बर ४ का वडाध्यक्षमाथि आक्रमण भएको हो । नगर प्रमुख लामाले घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनप्रतिनिधिको सुरक्षा सुनिश्चति गर्न राज्य गम्भीर हुनुपर्ने बताएकी छन् ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।