वडाध्यक्ष सिग्देलमाथि हातपात, उपमहानगरले शुक्रबार सेवा बन्द गर्ने

१९ असार, हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार सार्वजनिक स्थलमै हातपात भएको छ । उनलाई एकजना निर्माण व्यवसायी महिलाले हातपात गरेकी हुन् । हेटौँडा ४ स्थित हेटौँडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका बेला वडाध्यक्ष सिग्देलमाथि मञ्जु लामा नामकी निर्माण व्यवसायी महिलाले हातपात गरेकी हुन् । उनी काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

सडक निर्माणको ढिलासुस्तीलाई लिएर विवाद सुरु भएको समयमा निर्माण व्यवसायी लामाले भिडियो खिच्न खोज्दा आफुले भिडियो खिच्न नदिएको बिषयलाई लिएर आफुमाथी आक्रमण भएको वडा अध्यक्ष सिग्देले बताए । उनले लामोसमय देखि अलपत्र छाडिएको उक्त सडक निर्माणमा सहजिकरण गरिरहेको समयमा भएको विवाद गर्दै ती महिलाले आफुमाथी हातपात गरेको वडा अध्यक्ष सिग्देलको दावी छ ।

महिला जिल्ला प्रहरी कार्यालय मकवानपुरको नियन्त्रणमा रहेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रवक्ता अर्यालले घटनाको बारेमा अनुसन्धान भइरहेकोले अहिले नै आफुहरुले केहि भन्न नसक्ने बताए । बिहीबारको उक्त घटानापछि सडक निर्माण कार्य रोकिएको छ भने वडा कार्यालयले शुक्रबारका लागि तय भएका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरेको सजनाएको छ ।

यस्तै हेटौँडा उपमहानगरपालिकाले पनि जनप्रतिनिधिमाथि निरन्तर भइरहेको आक्रमणको घटनामा दोषीलाई कारवाही नभएको भन्दै विरोधमा शुक्रबार सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ । उपमहानगर प्रमुख मीनाकुमारी लामाले बिहीबार साँझ पत्रकारहरुसँग कुरा गर्दै नगरका वडाध्यक्षहरूको सुरक्षामा गम्भीर चुनौती देखिएकोले विरोध स्वरुप एकदिन पालिका भित्रका सम्पूर्ण कामहरु बन्द गर्नुपरेको दावी गरिन् । उनले यसअघि ४ असारमा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेमाथी भएको सांघातिक हमलामा संलग्नलाई समेत कारवाही नभएको भन्दै आक्रोश व्यक्त गरिन् ।

यसअघि गत ४ असामा वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपानेमाथि पनि आक्रमण भएको थियो । उक्त घटनामा संलग्नहरु पक्राउ नपर्दै वडानम्बर ४ का वडाध्यक्षमाथि आक्रमण भएको हो । नगर प्रमुख लामाले घटनाका दोषीलाई कारबाहीको माग गर्दै जनप्रतिनिधिको सुरक्षा सुनिश्चति गर्न राज्य गम्भीर हुनुपर्ने बताएकी छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...