Day: July 3, 2025

बागमती प्रदेश बजेटमा बढ्दो असन्तुष्टिः सत्तारुढ दलकै सांसदद्वारा संकल्प प्रस्ताव दर्ता

बागमती प्रदेश बजेटमा बढ्दो असन्तुष्टिः सत्तारुढ दलकै सांसदद्वारा संकल्प प्रस्ताव दर्ता

ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१९ असार, हेटौँडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमाथि चुलिंदो विवादकाबिच सत्तारुढ दलका सांसदहरूले नै प्रदेशसभामा सरकारको संरचना तथा बजेट निर्माण प्रक्रियामा सुधारको माग गर्दै संकल्प प्रस्ताव दर्ता गरेका छन् । सरकारको नेतृत्व गरिरहेको कांग्रेस र सत्ता साझेदार दल एमालेका दुई÷दुई जना सांसदहरूले संकल्प प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयमा दर्ता गरिएको उक्त संकल्प प्रस्तावमा बजेट निर्माणको नीति, मन्त्रालयको संख्या, आयोग तथा बोर्डहरूको औचित्य, प्रशासनिक ढाँचा र योजना तर्जुमा प्रणालीमा आमूल सुधार आवश्यक रहेको औँल्याइएको छ । संकल्प प्रस्तावमा कांग्रेसबाट सांसद प्रभात तामाङ र रमेशकुमार महत तथा एमालेबाट सांसद केशवप्रसाद पोखरेल र मधुसूदन पौडेलले दर्ता गराएका हुन् । सत्तारुढ गठबन्धनभित्रकै सांसदहरूले यस्तो प्रस्ताव ल्याउनु सरकारप्रतिको आन्तरिक असन्तुष्टि स्पष्ट झल्किए...
राप्रपाले ग¥यो बागमती प्रदेशसभा बैठक बहिष्कार

राप्रपाले ग¥यो बागमती प्रदेशसभा बैठक बहिष्कार

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
१९ असार, हेटौँडा । पटकपटक समय सारेर आजबाट सुरु भएको बागमती प्रदेश सभाको बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीले बहिष्कार गरेको छ । बिहीबार साँझबाट सुरु भएको प्रदेश सभाको बैठकको सुरुवातमा बोल्दै राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धब थापाले बिहीबारको बैठक बहिष्कार गरेको घोषण गरेका हुन् । उनले बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमा धेरै त्रुटीहरु नसच्याइएकोले बिहीबारको बैठक बहिष्कार गर्नुपरेको दावी गरे । उनले सत्ताधारी दलहरुले बजेटमा भएका कमिकमजोरी सच्याउन केहि समय माग गरेको आफुहरुले त्यो समयसम्म कुर्ने बताए । उनले बोलेसँगै राप्रपाका सांसदहरु प्रदेश सभा बैठकबाट बाहिरिएका थिए । यसअघि आगामी आर्थिक वर्षको बजेटमाथीको छलफलका लागि बोलाइएको बैठक १२ असारदेखि पटकपटक सार्दै बिहीबार साँझ ६ः४५ बजेबाट सुरु भएको थियो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मध्यक...
वडाध्यक्ष सिग्देलमाथि हातपात, उपमहानगरले शुक्रबार सेवा बन्द गर्ने

वडाध्यक्ष सिग्देलमाथि हातपात, उपमहानगरले शुक्रबार सेवा बन्द गर्ने

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार, हेटौँडा
१९ असार, हेटौँडा। हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देलमाथि बिहीबार सार्वजनिक स्थलमै हातपात भएको छ । उनलाई एकजना निर्माण व्यवसायी महिलाले हातपात गरेकी हुन् । हेटौँडा ४ स्थित हेटौँडा क्याम्पसअगाडिबाट हुप्रचौरतर्फ निस्कने सडक विस्तारको विषयमा छलफल भइरहेका बेला वडाध्यक्ष सिग्देलमाथि मञ्जु लामा नामकी निर्माण व्यवसायी महिलाले हातपात गरेकी हुन् । उनी काभ्रेको रोशी गाउँपालिकाकी निर्माण व्यवसायी भएको मकवानपुर प्रहरीले जनाएको छ । सडक निर्माणको ढिलासुस्तीलाई लिएर विवाद सुरु भएको समयमा निर्माण व्यवसायी लामाले भिडियो खिच्न खोज्दा आफुले भिडियो खिच्न नदिएको बिषयलाई लिएर आफुमाथी आक्रमण भएको वडा अध्यक्ष सिग्देले बताए । उनले लामोसमय देखि अलपत्र छाडिएको उक्त सडक निर्माणमा सहजिकरण गरिरहेको समयमा भएको विवाद गर्दै ती महिलाले आफुमाथी हातपात गरेको वडा अध्यक्ष सिग्देलको दावी छ । महिला...
मकवानपुरका प्रजिअ श्रेष्ठको कार्यलय परिसरमा फोटो-भिडियो खिच्न नदिने अडान

मकवानपुरका प्रजिअ श्रेष्ठको कार्यलय परिसरमा फोटो-भिडियो खिच्न नदिने अडान

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही’ लेखिएको पोष्टर टासियो १८ असार, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जिल्ला प्रशासन कार्यालय परिसरमा पत्रकारलाई समेत फोटो र भिडियो खिच्न प्रतिबन्ध लगाएकी छन् । प्रशासन कार्यालयको प्रवेशद्वार र प्रजिअको कार्यकक्षबाहिर ‘अनुमति बिना फोटो भिडियो खिच्न मनाही’ लेखिएको पोष्टर नै टाँसिएको छ । बुधबार पत्रकार महासंघ मकवानपुरका प्रतिनिधिहरूसँगको छलफलका क्रममा प्रजिअ श्रेष्ठले कार्यालयको सुरक्षासंवेदनशीलता र गोपनीयताको कारण यस्तो निर्णय गरिएको दावी गरिन् । ‘प्रशासन कार्यालय संसदजस्तो होइन, यहाँ धेरै किसिमका मानिसहरू आउँछन् । सबै कुराको भिडियो खिचेर सार्वजनिक गर्दा उनीहरूलाई अप्ठेरो पर्न सक्छ, त्यसैले अनुमति लिएर मात्र फोटो भिडियो खिच्न दिइनेछ,’ उनले स्पष्ट पारिन् । गत असार ६ गते समाचार संकलनका लागि जिल्ला प्रशासन कार्या...