प्रतिपक्षीको विरोधपछि बागमती प्रदेश सभा फेरि अवरुद्ध

२० असार, हेटौँडा । सहमती कार्यान्वयन नभएको भन्दै प्रतिपक्षी विरोधमा उत्रिएपछि बागमती प्रदेशसभाको बैठक पुनः अवरुद्ध भएको छ । बिहीबार सत्तारुढ दल र प्रतिपक्षबीच बजेट सम्बन्धी विषयमा भएको सहमति कार्यान्वयनमा समस्या देखिएपछि शुक्रबारको प्रदेशसभाको दोस्रो बैठक अगाडि बढ्न नसकेको हो ।

प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची तय भएपनि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबारको सहमति कार्यान्वयन नभएको बताएपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक रत्न प्रसाद ढकालले सरकार सहमतिबाट पछि हटेको आरोप लगाउँदै सहमति कार्यान्वयन नभएसम्म संसद सञ्चालन नहुने स्पष्ट पारे ।

प्रमुख सचेतक ढकालका अनुसार सरकारले बिहीबारको सहमति सरकारबाट उल्घंन गरेपछि बैठक अवरुद्ध भएको हो । सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नसक्ने उनले चेतावनी दिएका छन् । प्रदेशसभा रोकेर केही बेर दलहरु बिच भएको बैठकमा समेत सहमति नजुटेपछि माओवादी केन्द्रले संसदको काम अघि बढ्न नसक्ने अडान लिएको उनको भनाई छ ।

शुक्रबारको बैठकमा विनियोजन विधेयक टेबुल गर्न ३० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । सो बिचमा केही समय दलहरुबीच छलफल भएपनि सहमति जुट्न नसकेको ढकालको भनाई छ । बैठकपछि बसेको दलहरुबीचको छलफल निष्कर्षविहीन बनेपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो । बैठक संचालन हुन नसकेको पछि प्रदेशसभा सचिवालयले सूचना टाँस गरेर शनिबार १ बजेसम्मका लागि प्रदेशसभा बैठक सारिएको छ ।

यसअघि पनि बजेट माथिको छलफलका क्रममा पटक–पटक प्रदेशसभा अवरुद्ध हुँदै आएको थियो । बजेटमाथीको छलफलका लागि १२ असारमा बोलाइएको बैठक १६ गतेसम्म सारिएको थियो । त्यसपछि १९ गतेबाट सुरु भएको बैठक पुनः अवरुद्ध भएको हो ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज