Day: July 5, 2025

हेटौँडा–२ ले ग¥यो क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई  सम्मान

हेटौँडा–२ ले ग¥यो क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई सम्मान

खेलकुद, ताजा अपडेट, बागमती प्रदेश, समाचार, हेटौँडा
२१ असार, हेटोँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ ले क्रिकेटका दुई राष्ट्रिय खेलाडीलाई खेल सामाग्रीसहित सम्मान गरेको छ। वडामा स्थायी बसोबास गर्ने राष्ट्रिय खेलाडी रिजन ढकाल र शुभ कंसाकारलाई शुक्रबार आयोजित एक कार्यक्रमका बीच सम्मान गरिएको हो । वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गरेका हुन् । उपमेयर बानियाँले आर्थिक अभावका कारण प्रतिभाशाली खेलाडीहरू कुनै पनि प्रतियोगिताबाट वञ्चित बन्न नपरोस् भन्नेतर्फ उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । सम्मान कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, वडा सदस्य सुरज बर्तौला, इन्द्रप्रसाद रिजाल लगायतको उपस्थिति रहेको थियो । वडा सचिव अमोद प्रसाद मैनालीले ढकाल र कंसाकारलाई कुल ८० हजार रुपैयाँ बराबरको खेल सामाग्री प्रदान गरिएको जानकारी दिए । ...
बिपी राजमार्गको काभ्रे-खण्डमा आइतबारदेखि राति यातायात सञ्चालनमा रोक

बिपी राजमार्गको काभ्रे-खण्डमा आइतबारदेखि राति यातायात सञ्चालनमा रोक

Breaking News 2, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२१ असार, हेटौँडा । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा आइतबार ९असार २२ गते० देखि एक महिनाका लागि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मनसुन सक्रिय भई पहिरो तथा बाढीको जोखिम बढेको भन्दै साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय गरेको हो। कार्यालयद्वारा शुक्रबार जारी गरिएको सार्वजनिक सूचनामा काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्मको क्षेत्रमा उक्त निर्णय लागू हुने जनाइएको छ। जोखिम न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको जनाइएको छ। यसअघि पनि असार ७ गतेदेखि १५ दिनका लागि यही खण्डमा रातिको समयमा यातायात निषेध गरिएको थियो। सो निर्णय काभ्रे, सिन्धुली र रामेछापका सुरक्षा निकायहरूको समन्वयमा गरिएको हो। अबको निर्णय अनुसार रोक अवधि थपिएर एक महिनासम्म कायम रहनेछ। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिका...
देशका केहि स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशका केहि स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, समाचार
२१, असार, हेटौँडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको भन्दै जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना औंल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारण बदलीको अवस्था रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा अहिले मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिइएको छ। दिउँसोको पूर्वानुमान अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षा पनि हुन सक्ने बताइएको छ। आज रातिको मौसम पनि उस्तै रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सु...
प्रतिपक्षीको विरोधपछि बागमती प्रदेश सभा फेरि अवरुद्ध

प्रतिपक्षीको विरोधपछि बागमती प्रदेश सभा फेरि अवरुद्ध

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२० असार, हेटौँडा । सहमती कार्यान्वयन नभएको भन्दै प्रतिपक्षी विरोधमा उत्रिएपछि बागमती प्रदेशसभाको बैठक पुनः अवरुद्ध भएको छ । बिहीबार सत्तारुढ दल र प्रतिपक्षबीच बजेट सम्बन्धी विषयमा भएको सहमति कार्यान्वयनमा समस्या देखिएपछि शुक्रबारको प्रदेशसभाको दोस्रो बैठक अगाडि बढ्न नसकेको हो । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक टेबुल गर्ने कार्यसूची तय भएपनि प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबारको सहमति कार्यान्वयन नभएको बताएपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो । माओवादी केन्द्रका प्रमुख सचेतक रत्न प्रसाद ढकालले सरकार सहमतिबाट पछि हटेको आरोप लगाउँदै सहमति कार्यान्वयन नभएसम्म संसद सञ्चालन नहुने स्पष्ट पारे । प्रमुख सचेतक ढकालका अनुसार सरकारले बिहीबारको सहमति सरकारबाट उल्घंन गरेपछि बैठक अवरुद्ध भएको हो । सहमति कार्यान्वयन नभएसम्म बैठक चल...
बागमती प्रदेशको बजेटमाथि सांसदहरूको तीव्र असन्तुष्टि, पुनःलेखनको माग

बागमती प्रदेशको बजेटमाथि सांसदहरूको तीव्र असन्तुष्टि, पुनःलेखनको माग

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२० असार, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ल्याएको बजेटमाथी छलफल गर्दै तीव असन्तुष्टि व्यक्त गरेका छन् भने केहि सांसदहरुले बजेट पुनः लेखन गर्नुपर्ने माग समेत गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले बजेट असन्तुलित, टुक्रे आयोजना केन्द्रित र पक्षपातपूर्ण रहेको आरोप लगाउँदै सरकारको आलोचना गरेका हुन् । बजेट माथिको छलफलका भाग लिएका १५ जना प्रदे्श सांसदहरुले सरकारले ल्याएको बजेटप्रति व्यापक असहमति जनाएका थिए । मुख्यमन्त्री र अर्थमन्त्री तथा पहुँचका आधारमा आफ्नै निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको आरोप सत्तापक्षका सांसदहरुबाटै उठेका छन् । यो प्रवृत्तिले समग्र प्रदेशको सन्तुलित विकासलाई असर पु¥याउने चेतावनी उनीहरुले दिएका छन् । सत्ता र प्रतिपक्ष दुवैका सांसदहरुले बजेटको संरचना, कार्यान्वयन सम्भाव्यता र प्राथमिकतामाथि प्रश्न उठाउँदै सरकारलाई पु...