बिपी राजमार्गको काभ्रे-खण्डमा आइतबारदेखि राति यातायात सञ्चालनमा रोक

२१ असार, हेटौँडा । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा आइतबार ९असार २२ गते० देखि एक महिनाका लागि रातिको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मनसुन सक्रिय भई पहिरो तथा बाढीको जोखिम बढेको भन्दै साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।

कार्यालयद्वारा शुक्रबार जारी गरिएको सार्वजनिक सूचनामा काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्मको क्षेत्रमा उक्त निर्णय लागू हुने जनाइएको छ। जोखिम न्यूनीकरणका लागि यस्तो व्यवस्था गरिएको जनाइएको छ।

यसअघि पनि असार ७ गतेदेखि १५ दिनका लागि यही खण्डमा रातिको समयमा यातायात निषेध गरिएको थियो। सो निर्णय काभ्रे, सिन्धुली र रामेछापका सुरक्षा निकायहरूको समन्वयमा गरिएको हो। अबको निर्णय अनुसार रोक अवधि थपिएर एक महिनासम्म कायम रहनेछ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार वर्षा भइरहेका बेला बाढीपहिरोको सम्भावना उच्च भएकाले यस्तो निर्णय गरिएको हो। अब आइतबारदेखि काठमाडौँतर्फ आउने सवारी साधनलाई सिन्धुलीको सिमाना नेपालथोकमा र काठमाडौँबाट बाहिरिने सवारीलाई काभ्रेभञ्ज्याङमा रोक्ने व्यवस्था मिलाइनेछ।

गत वर्ष असोजमा आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको आठ किमी सडक बगाएको थियो। हालसमेत राजमार्गका विभिन्न खण्डहरूमा जोखिम कायमै रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

डिभिजन कार्यालयका अनुसार बाढीपहिरोले बिपी राजमार्गको १६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्मको ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्मको ५० किमी गरी ८४ किमी सडक खण्डमा बढी क्षति पुगेको छ। क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि चारवटा खण्डमा छुट्टाछुट्टै ठेक्का प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...