बागमती प्रदेशको बजेटमाथि सांसदहरूको तीव्र असन्तुष्टि, पुनःलेखनको माग

२० असार, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ल्याएको बजेटमाथी छलफल गर्दै तीव असन्तुष्टि व्यक्त गरेका छन् भने केहि सांसदहरुले बजेट पुनः लेखन गर्नुपर्ने माग समेत गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले बजेट असन्तुलित, टुक्रे आयोजना केन्द्रित र पक्षपातपूर्ण रहेको आरोप लगाउँदै सरकारको आलोचना गरेका हुन् ।

बजेट माथिको छलफलका भाग लिएका १५ जना प्रदे्श सांसदहरुले सरकारले ल्याएको बजेटप्रति व्यापक असहमति जनाएका थिए । मुख्यमन्त्री र अर्थमन्त्री तथा पहुँचका आधारमा आफ्नै निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको आरोप सत्तापक्षका सांसदहरुबाटै उठेका छन् । यो प्रवृत्तिले समग्र प्रदेशको सन्तुलित विकासलाई असर पु¥याउने चेतावनी उनीहरुले दिएका छन् ।

सत्ता र प्रतिपक्ष दुवैका सांसदहरुले बजेटको संरचना, कार्यान्वयन सम्भाव्यता र प्राथमिकतामाथि प्रश्न उठाउँदै सरकारलाई पुनःविचार गर्न आग्रह गरेका छन् । विकासको नाममा रकम वितरण केन्द्रमा परिणत भएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखेका थिए ।

सत्तारुढ दल कांग्रेसका आफ्नै सांसदहरुले समेत सरकारको बजेटप्रति असन्तुष्टि जनाएका छन् । कांग्रेसका सांसद प्रभात तामाङले बजेटको शैलीप्रति व्यंग्य गर्दै प्रदेश सरकारको नाम ‘रकम वितरण केन्द्र’ राख्न सुझाव दिए । ‘यस्तो किसिमको बजेट बनाउने हो भने यो प्रदेश सरकार होइन, रकम वितरण केन्द्र नामाकरण गरौैं । बागमती सरकारको बजेट गन्तव्यहीन रहेको र सरकारलाई जिम्मेवार बन्न सकेन ।’’ उनले भने ।

यस्तै कांग्रेसका अर्का सांसद रमेश कुमार महतले चालु आर्थिक वर्षको अन्त्यमा १३ अर्ब रुपैयाँ राजस्व उठाउने चुनौती रहेको बताए । उक्त अवस्था सम्भव नभए बजेट कार्यान्वयनमा संकट पर्ने उनले बताए । सरकारले प्रभावकारी, दीर्घकालीन र गेम चेन्जिङ गौरवको कार्यक्रमहरु समेट्न नसकेको बताए ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालले बजेटमा दीर्घकालीन सोचको अभाव रहेको बताए । उनले सरकार बजेट बाँड्नेमा त सक्रिय देखिएपनि स्रोत व्यवस्थापन र दीर्घकालीन रणनीतिमा उदासीन रहेको टिप्पणी गरे । उनले बहुवर्षे आयोजनाहरुलाई आवश्यक बजेट नदिएकोप्रति आपत्ति जनाए । सरकारको बजेट पुनःलेखन गर्न उनले माग गरेका छन् ।

नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले बजेटलाई प्रदेश सरकारको कार्यशैली, सोच र क्षमताको दर्पणको संज्ञा दिएका छन् । उनले बजेटमा पार्टीगत स्वार्थ र पहुँचको भरमा गरिएको विनियोजनले सरकारको चरित्र उजागर गरेको टिप्पणी गरे । प्रदेश सरकारको बजेट हालसम्मकै कमजोर, असन्तुलित र भेदभावयुक्त रहेको उनको भनाई छ । नेता गोसाईले जनताको भावना अनुसार बजेट निर्माण हुनुपर्नेमा सरकारले इच्छा पूर्तिमा केन्द्रित अहंकारमूलक दस्तावेज तयार गरेको आरोप लगाए ।

बजेट उत्पादनमुखी भएको अर्थमन्त्री काफ्लेको दाबी
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरिएको बजेटलाई सन्तुलित, उत्पादनमुखी र रोजगारी सिर्जनामूलक भएको दाबी गरेका छन् । शुक्रबार प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री काफ्लेले बजेट आर्थिक अनुशासनमा आधारित रही उत्पादन र उत्पादकत्व वृद्धि गर्न केन्द्रित रहेको बताए ।

अर्थमन्त्री काफ्लेले बजेट निर्माण गर्दा नीति तथा कार्यक्रमलाई आधार बनाइएको स्पष्ट पार्दै बहुवर्षीय योजनामा पर्याप्त बजेट विनियोजन गरिएको दावी गरे । उनका अनुसार, कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, उद्योग, सूचना प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सन्तुलित रूपमा बजेट विनियोजन गरिएको छ ।

‘एक वडा, एक कृषि उत्पादन’’ कार्यक्रमदेखि लिएर सूचना प्रविधिमा आधारित विषादी परीक्षण प्रयोगशाला, आधुनिक वधशाला, प्रांगारीक मल कारखाना, दूधजन्य उत्पादनको बजारीकरण तथा प्रोत्साहन अनुदान कार्यक्रमहरू बजेटमा समावेश गरिएको उनले बताए । अर्थमन्त्री काफ्लेले बागमती प्रदेशलाई पर्यटन हबको रुपमा विकास गर्ने दीर्घकालीन सोच अनुरुप बजेट तयार पारिएको दाबी गरे ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

दुर्घटनामा घाइते महिलाको उपचारकै क्रममा मृत्यु

८ असोज, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ वस्तीपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको बस, ट्रक र ट्या...
सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

सांसददेखि स्थानीय तहका स्वकीय सुविधा खारेज, सल्लाहकार राख्न नपाउने

८ असोज, हेटौँडा । सरकारले सांसद, स्थानीय तहका जनप्रतिनिधि तथा अन्य राजनीतिक पदाधिकारीका स्वकीय सुविधा खारेज गर्ने निर्णय गरेको छ। ...
मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

मकवानपुर दुर्घटना अप्डेट: ३१ जना घाइते, २ को अवस्था गम्भीर 

६ असोज, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार दिउँसो साढे १ बजे बस, ट्रक र त...
सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ खुला

६ असोज, हेटौँडा। यात्रुबाहक सार्वजनिक गाडीमा आजदेखि ‘रुट परमिट’ अर्थात् अनुमति खुला गरिएको छ । चाडपर्वका अवसरमा देशभर सार्वजनिक या...
जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार  ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

जेनजी आन्दोलनपछि पुनर्निर्माणमा जुट्दै बागमती प्रदेश सरकार ४ सदस्यीय उच्चस्तरीय कार्यदल गठन

३१ भदौ, हेटौंडा  । जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको तोडफोड, आगजनी तथा लुटपाटका घटनाको बागमती प्रदेश सरकारले त्यसको मूल्याङ्कन ...
दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

दशैँकाे टीकाकाे उत्तम साइत ११ बजेर ५३ मिनेटमा

३१ भदौ, हेटौंडा । यसवर्षको बडा दशैको टिकाको उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा जुरेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले य...
सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते, ३ को अवस्था गम्भीर

३१ भदौ, हेटौंडा । मकवानपुर र बारा जिल्लाको सिमाना चुरियामाईस्थित पूर्व–पश्चिम (महेन्द्र) राजमार्गमा आज दिउँसो नेपाली सेनाको ट्रक द...
कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

कर्फ्यु र निषेधाज्ञा हटेपछि सामान्य बन्दै हेटौँडा

२८ भदौ, हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौँडामा शनिबार बिहानदेखि जनजीवन सामान्य बन्दै गएको छ। जिल्ला प्रशासन कार्यालयले जारी ग...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज