बागमती प्रदेशको बजेटमाथि सांसदहरूको तीव्र असन्तुष्टि, पुनःलेखनको माग

२० असार, हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ल्याएको बजेटमाथी छलफल गर्दै तीव असन्तुष्टि व्यक्त गरेका छन् भने केहि सांसदहरुले बजेट पुनः लेखन गर्नुपर्ने माग समेत गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सांसदहरुले बजेट असन्तुलित, टुक्रे आयोजना केन्द्रित र पक्षपातपूर्ण रहेको आरोप लगाउँदै सरकारको आलोचना गरेका हुन् ।

बजेट माथिको छलफलका भाग लिएका १५ जना प्रदे्श सांसदहरुले सरकारले ल्याएको बजेटप्रति व्यापक असहमति जनाएका थिए । मुख्यमन्त्री र अर्थमन्त्री तथा पहुँचका आधारमा आफ्नै निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको आरोप सत्तापक्षका सांसदहरुबाटै उठेका छन् । यो प्रवृत्तिले समग्र प्रदेशको सन्तुलित विकासलाई असर पु¥याउने चेतावनी उनीहरुले दिएका छन् ।

सत्ता र प्रतिपक्ष दुवैका सांसदहरुले बजेटको संरचना, कार्यान्वयन सम्भाव्यता र प्राथमिकतामाथि प्रश्न उठाउँदै सरकारलाई पुनःविचार गर्न आग्रह गरेका छन् । विकासको नाममा रकम वितरण केन्द्रमा परिणत भएको भन्दै उनीहरुले सरकारप्रति आक्रोश पोखेका थिए ।

सत्तारुढ दल कांग्रेसका आफ्नै सांसदहरुले समेत सरकारको बजेटप्रति असन्तुष्टि जनाएका छन् । कांग्रेसका सांसद प्रभात तामाङले बजेटको शैलीप्रति व्यंग्य गर्दै प्रदेश सरकारको नाम ‘रकम वितरण केन्द्र’ राख्न सुझाव दिए । ‘यस्तो किसिमको बजेट बनाउने हो भने यो प्रदेश सरकार होइन, रकम वितरण केन्द्र नामाकरण गरौैं । बागमती सरकारको बजेट गन्तव्यहीन रहेको र सरकारलाई जिम्मेवार बन्न सकेन ।’’ उनले भने ।

यस्तै कांग्रेसका अर्का सांसद रमेश कुमार महतले चालु आर्थिक वर्षको अन्त्यमा १३ अर्ब रुपैयाँ राजस्व उठाउने चुनौती रहेको बताए । उक्त अवस्था सम्भव नभए बजेट कार्यान्वयनमा संकट पर्ने उनले बताए । सरकारले प्रभावकारी, दीर्घकालीन र गेम चेन्जिङ गौरवको कार्यक्रमहरु समेट्न नसकेको बताए ।

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका सांसद युवराज दुलालले बजेटमा दीर्घकालीन सोचको अभाव रहेको बताए । उनले सरकार बजेट बाँड्नेमा त सक्रिय देखिएपनि स्रोत व्यवस्थापन र दीर्घकालीन रणनीतिमा उदासीन रहेको टिप्पणी गरे । उनले बहुवर्षे आयोजनाहरुलाई आवश्यक बजेट नदिएकोप्रति आपत्ति जनाए । सरकारको बजेट पुनःलेखन गर्न उनले माग गरेका छन् ।

नेमकिपा संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले बजेटलाई प्रदेश सरकारको कार्यशैली, सोच र क्षमताको दर्पणको संज्ञा दिएका छन् । उनले बजेटमा पार्टीगत स्वार्थ र पहुँचको भरमा गरिएको विनियोजनले सरकारको चरित्र उजागर गरेको टिप्पणी गरे । प्रदेश सरकारको बजेट हालसम्मकै कमजोर, असन्तुलित र भेदभावयुक्त रहेको उनको भनाई छ । नेता गोसाईले जनताको भावना अनुसार बजेट निर्माण हुनुपर्नेमा सरकारले इच्छा पूर्तिमा केन्द्रित अहंकारमूलक दस्तावेज तयार गरेको आरोप लगाए ।

बजेट उत्पादनमुखी भएको अर्थमन्त्री काफ्लेको दाबी
बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि प्रस्तुत गरिएको बजेटलाई सन्तुलित, उत्पादनमुखी र रोजगारी सिर्जनामूलक भएको दाबी गरेका छन् । शुक्रबार प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री काफ्लेले बजेट आर्थिक अनुशासनमा आधारित रही उत्पादन र उत्पादकत्व वृद्धि गर्न केन्द्रित रहेको बताए ।

अर्थमन्त्री काफ्लेले बजेट निर्माण गर्दा नीति तथा कार्यक्रमलाई आधार बनाइएको स्पष्ट पार्दै बहुवर्षीय योजनामा पर्याप्त बजेट विनियोजन गरिएको दावी गरे । उनका अनुसार, कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, उद्योग, सूचना प्रविधि, वातावरणलगायत विभिन्न क्षेत्रमा सन्तुलित रूपमा बजेट विनियोजन गरिएको छ ।

‘एक वडा, एक कृषि उत्पादन’’ कार्यक्रमदेखि लिएर सूचना प्रविधिमा आधारित विषादी परीक्षण प्रयोगशाला, आधुनिक वधशाला, प्रांगारीक मल कारखाना, दूधजन्य उत्पादनको बजारीकरण तथा प्रोत्साहन अनुदान कार्यक्रमहरू बजेटमा समावेश गरिएको उनले बताए । अर्थमन्त्री काफ्लेले बागमती प्रदेशलाई पर्यटन हबको रुपमा विकास गर्ने दीर्घकालीन सोच अनुरुप बजेट तयार पारिएको दाबी गरे ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...