बागमती सरकारको आगामी आवको बजेट बहुमतले पारित

२३ असार, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सोमबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्ताव सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेका थिए । सत्तारुढ दलका सांसदहरूले प्रस्तावको पक्षमा मत दिँदा विपक्षीले विरोध गरेका थिए । बहुमत पक्षको समर्थन सँगै सभामुख पाठकले बजेट पारित भएको घोषणा गरेका हुन् ।

बैठकले बजेटसँगै ल्याइएको पुरक प्रस्तावलाई पनि विनियोजन विधेयकको अङ्गका रूपमा बहुमतले पारित गरेको छ । विपक्षी सांसदहरूले बजेटमा खर्च कटौती गर्नुपर्ने मागसहित विभिन्न प्रस्ताव दर्ता गराए पनि ती सबै प्रस्तावहरू बहुमतले अस्वीकृत गरिएको थियो

बैठकमा सांसद देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्मिला कुमारी लामा र सृजना सायजुले खर्च कटौतीका प्रस्ताव राखेका थिए भने आशा लामा र कुमारी तामाङले संयुक्त प्रस्ताव दर्ता गरेकी थिइन्, तर ती प्रस्तावहरु संसदमा प्रस्तुत हुन सकेन ।

बजेटमाथि आइतबार र सोमबार बिहान व्यापक छलफल भएको थियो । बजेटको पक्षमा मुख्यमन्त्री बहादुर सिंह लामा र मन्त्री काफ्लेले जवाफ दिएका थिए ।

यसअघि बजेट असार १ गते पेश गरिएपनि छलफल र सहमतिका लागि समय लागेपछि बैठकहरू स्थगित हुँदै आएका थिए। अन्ततः असार २० देखि थालिएको छलफलपछि आठ बुँदे सहमतिसहित बजेट पारित गरिएको हो ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...