Day: July 7, 2025

हेटौँडा उपमहानगरद्वारा कृषकलाई आधुनिक कृषि यन्त्र वितरण

हेटौँडा उपमहानगरद्वारा कृषकलाई आधुनिक कृषि यन्त्र वितरण

Breaking News 2, अर्थ, ताजा अपडेट, समाचार, हेटौँडा
२३ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले कृषि यान्त्रीकरण प्रवद्र्धन गर्दै कृषकहरूको उत्पादनशक्ति अभिवृद्धि र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित आधुनिक कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ । उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रम नगर कार्यालय परिसरमै सम्पन्न भएको हो । ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहरः हेटौँडा’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा नगर प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानिया, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मी लगायत जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राही कृषकहरूको उपस्थिति रहेको थियो । कृषि विकास शाखाका अनुसार अनुदानमा वितरण गरिएको उपकरणमा १९ वटा हाते ट्याक्टर, ७१ वटा स्प्रे पम्प, ७९ वटा ज्याब प्लान्टर, १ थान कम्बाइन मिल, १ थान पानी तान्ने पम्प र ४१ वटा म...
बागमती प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित

बागमती प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित

Breaking News 2, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२३ असार, हेटौँडा । बागमती प्रदेशसभाले सरकारको संरचनागत सुधार र बजेट विनियोजन प्रणाली सुधारका लागि दर्ता गरिएको संकल्प प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकले सत्तारुढ दलका चार जना सांसदले दर्ता गराएको संकल्प प्रस्तावलाई समर्थन जनाउँदै पारित गरेको हो। कांग्रेसका सांसद प्रभात तामाङ र रमेश कुमार महत तथा एमालेका सांसद केशवप्रसाद पोखरेल र मधुसूदन पौडेलद्वारा दर्ता गरिएको संकल्प प्रस्तावमा सरकारको कार्यशैली, बजेट निर्माण प्रक्रिया, मन्त्रालयको संख्या, आयोग तथा बोर्डको औचित्य, प्रशासनिक संरचना तथा योजना तर्जुमा प्रक्रियामा सुधार आवश्यक भएको उल्लेख छ। संकल्प प्रस्ताव पारित भएसँगै आगामी तीन महिनाभित्र सरकारले सरकारको संगठन संरचना र दरबन्दी तर्जुमा गर्न, प्रत्येक निर्वाचन क्षेत्रमा सांसदको संलग्नतामा योजना तर्जुमा तथा अनुगमन मूल्यांकन समिति गठनसम्बन्धी विधेयक संसदमा ...
बागमती सरकारको आगामी आवको बजेट बहुमतले पारित

बागमती सरकारको आगामी आवको बजेट बहुमतले पारित

Breaking News 1, अर्थ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२३ असार, हेटौँडा । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सोमबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको विनियोजन विधेयक र अर्थसम्बन्धी प्रस्ताव सभामुख भुवनकुमार पाठकले निर्णयार्थ प्रस्तुत गरेका थिए । सत्तारुढ दलका सांसदहरूले प्रस्तावको पक्षमा मत दिँदा विपक्षीले विरोध गरेका थिए । बहुमत पक्षको समर्थन सँगै सभामुख पाठकले बजेट पारित भएको घोषणा गरेका हुन् । बैठकले बजेटसँगै ल्याइएको पुरक प्रस्तावलाई पनि विनियोजन विधेयकको अङ्गका रूपमा बहुमतले पारित गरेको छ । विपक्षी सांसदहरूले बजेटमा खर्च कटौती गर्नुपर्ने मागसहित विभिन्न प्रस्ताव दर्ता गराए पनि ती सबै प्रस्तावहरू बहुमतले अस्वीकृत गरिएको थियो बैठकमा सांसद देवेन्द्र श्रेष्ठ, प्रेम पुलामी, रुकु चौलागाई, सुष्पा भुजेल, उर्म...