हेटौँडा उपमहानगरद्वारा कृषकलाई आधुनिक कृषि यन्त्र वितरण

२३ असार, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले कृषि यान्त्रीकरण प्रवद्र्धन गर्दै कृषकहरूको उत्पादनशक्ति अभिवृद्धि र जीवनस्तरमा गुणात्मक सुधार ल्याउने उद्देश्यसहित आधुनिक कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ ।

उपमहानगरपालिकाको आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रम नगर कार्यालय परिसरमै सम्पन्न भएको हो । ‘स्वच्छ, उत्पादनशील, समृद्ध शहरः हेटौँडा’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा नगर प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानिया, आर्थिक विकास महाशाखा प्रमुख जग्गनाथ सापकोटा, कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मी लगायत जनप्रतिनिधि, कर्मचारी तथा लाभग्राही कृषकहरूको उपस्थिति रहेको थियो ।

कृषि विकास शाखाका अनुसार अनुदानमा वितरण गरिएको उपकरणमा १९ वटा हाते ट्याक्टर, ७१ वटा स्प्रे पम्प, ७९ वटा ज्याब प्लान्टर, १ थान कम्बाइन मिल, १ थान पानी तान्ने पम्प र ४१ वटा मकै छोडाउने मेसिन रहेका छन् ।

कार्यक्रममार्फत सहकारी संस्था, कृषि समूह र स्थानीय कृषकहरूलाई ५० प्रतिशत अनुदानमा उपकरण प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले यस्ता कार्यक्रमबाट कृषिमा आधुनिकीकरण भई उत्पादन र आम्दानी दुवैमा वृद्धि हुने अपेक्षा गरेको नगर प्रमुख लामाले बताइन् ।

उनले आगामी दिनमा अझ प्रभावकारी रूपमा कृषि उपकरण तथा प्रविधि कृषकसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता कार्यक्रमले युवालाई कृषितर्फ आकर्षित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...