मकवानपुरको थाहा ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा 

८ भदौ, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकालाई आइतबार ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको छ । थाहा नगरपालिकाका सबै गर्भवती स्वास्थ्य संस्थामा गएर सुरक्षित ढंगले सुत्केरी हुने गरेको र मातृ तथा नवजात शिशु मृत्यु दर शून्य रहेकोले थाहालाई  ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरिएको हो ।

१२ वटा वडामा विभाजित थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलोपटक पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरेको थियो । थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३ सय ५६ जना सुत्केरी भएका थिए ।

आइतबार एक औपचारिक कार्यक्रमकाबिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहालाई  ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गरेका हुन् । उनले थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गर्दै मकवानपुर जिल्लामा मात्र नभई थाहाले बागमती प्रदेशमै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा पनि गरे ।

उनले थाहा नगरपालिकालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गर्न पाउँदा आफुलाई निकै हर्ष लागेको बताए । ‘सिमित स्रोत र साधनकाबिच एउटा पालिका भएर पनि थाहाले प्रदेशमै स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेलेको छ । थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गर्न पाउँदा म गौरवान्वित भएको छु,’ उनले भने, ‘म आफ्नो कार्यकालमा मकवानपुरको उत्तरी क्षेत्रको शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’

मुख्यमन्त्री बानियाँले थाहालाई ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणा गर्न मुख्य भूमिका खेलेको भन्दै सबै स्वास्थ्य स्वयं सेविकाहरुको प्रशंसा गरे । उनले राज्यले दिएको सिमित सुविधाका वावजुद घाम पानी नभनी निश्वार्थ सेवा गरेको भन्दै स्वास्थ्य स्वयं सेविकाहरुले राज्यबाट पाउँदै आएको सेवा सुविधामा प्रदेश सरकारले थप बढाउने प्रतिवद्धता व्यक्त गरे ।

‘पालिकाको नीति र व्यवस्थपानका साथै स्वास्थ्य स्वंय तपाईहरुको अथक मिहिनेतले थाहालाई पूर्ण सुत्केरी पालिका घोषणा संभव भएको हो । स्वास्थ्य स्वंयसेविकाहरुले काम नगरी कुरा मात्रै गरेको भए आज यो सम्भव हुने थिएन,’ उनले भने, ‘म पनि काम गर्न मुख्यमन्त्री भएको हुँ, कुरा कम र काम धेरै गर्नुपर्छ भन्नेमा विश्वास गर्छु । मलाई तपाईहरु जस्तै काम गर्नेहरुको सहयोगको खाँचो छ ।’

कार्यक्रममा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले थाहाले स्वास्थ्य क्षेत्रमा गरेको कामको प्रशंसा गरे । यस्तै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेशको स्वास्थ्य मन्त्रालयले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन बर्थिङ सेन्टर स्थापना गर्नुको साथै हवाई उद्धारसमेत गरिरहेकोले थाहाले सुरु गरेको ‘पूर्ण संस्थागत सुत्केरी पालिका’ घोषणालाई टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकार प्रदेशवासीको स्वास्थ्य अधिकार प्रति गम्भिर रहेको उल्लेख गर्दै प्रदेशका सबै क्षेत्रमा ग्ुणस्तरीय स्वास्थ्य सेवा पु¥याउन प्रतिवद्ध रहेको बताए ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...