फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले कार्यतालिका सार्वजनिक ग¥यो

२० असोज, हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बैठकले सर्वसम्मत रूपमा कार्यतालिका स्वीकृत गर्दै निर्वाचन तयारीको औपचारिक प्रक्रिया सुरु गरेको हो।

निर्वाचन आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। यस अवधिमा आयोगमा दर्ता कायम रहेका दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि पुनःदर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यसपछि पुस १८ र १९ गते बन्दसूची ९अयिकभम ष्कित० पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।

प्रत्यक्ष निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। त्यसपछि उम्मेदवार मनोनयन, नामावली प्रकाशन र उम्मेदवार फिर्ता प्रक्रियापछि फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार गर्न पाइनेछ।

निर्वाचनको मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सम्पन्न भएपछि दुवै निर्वाचन प्रणालीका मतपेटिका संकलन गरी मतगणना सुरु गरिने कार्यक्रम छ।

आयोगले कार्यतालिका स्वीकृत गर्दै राजनीतिक दल, सरोकारवाला निकाय र सुरक्षासम्बन्धी निकायहरूसँग नियमित परामर्श र सहकार्य गर्दै निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय ढंगले सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।

निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमा भाग लिन चाहने सबै दलले कात्तिक ३० गतेअघि राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ।”

आयोगले सबै दल र उम्मेदवारहरूलाई कानूनी समयसीमा र आचारसंहिताको पूर्ण पालनाका साथ निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...