२० असोज, हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सोमबार कार्यतालिका सार्वजनिक गरेको छ। आयोगको बैठकले सर्वसम्मत रूपमा कार्यतालिका स्वीकृत गर्दै निर्वाचन तयारीको औपचारिक प्रक्रिया सुरु गरेको हो।
निर्वाचन आयोगका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्ने कार्यक्रम तय गरिएको छ। यस अवधिमा आयोगमा दर्ता कायम रहेका दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि पुनःदर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।
समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। त्यसपछि पुस १८ र १९ गते बन्दसूची ९अयिकभम ष्कित० पेश गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ। त्यसपछि उम्मेदवार मनोनयन, नामावली प्रकाशन र उम्मेदवार फिर्ता प्रक्रियापछि फागुन ३ देखि १८ गतेसम्म प्रचारप्रसार गर्न पाइनेछ।
निर्वाचनको मतदान फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ। मतदान सम्पन्न भएपछि दुवै निर्वाचन प्रणालीका मतपेटिका संकलन गरी मतगणना सुरु गरिने कार्यक्रम छ।
आयोगले कार्यतालिका स्वीकृत गर्दै राजनीतिक दल, सरोकारवाला निकाय र सुरक्षासम्बन्धी निकायहरूसँग नियमित परामर्श र सहकार्य गर्दै निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय ढंगले सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ।
निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनमा भाग लिन चाहने सबै दलले कात्तिक ३० गतेअघि राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्नेछ।”
आयोगले सबै दल र उम्मेदवारहरूलाई कानूनी समयसीमा र आचारसंहिताको पूर्ण पालनाका साथ निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।