राजमार्ग विस्तारविरुद्ध पीडितको प्रशासन घेराउ, भत्काइएका घर पुनःनिर्माणको माग

२२ मंसिर, हेटौंडा । राजमार्ग विस्तारका क्रममा घर–व्यवसाय भत्काइएका हेटौँडाका स्थानीय पीडितहरूले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्दै विरोध प्रदर्शन ?आक्रोश व्यक्त गरेका हुन्।

प्रदर्शनमा सहभागी स्थानीयले अदालतको आदेश किन नमानेको हो, डोजर आतंक बन्द गर, उचित मुआब्जा दे, भत्काइएका घर पुनःनिर्माण गर, सिडिओ राजीनामा देजस्ता नारा लगाउँदै जुलुससहित धर्ना दिएका थिए। हेटौँडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल र चौकिटोल ओरालोसम्म करिब ५१० घर र संरचना भत्काइएपछि प्रभावितहरू आन्दोलित बनेका हुन्।

पीडितहरूका अनुसार सर्वोच्च अदालतले मंसिर १९ गते नै सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरिसके पनि त्यसको अवज्ञा गर्दै डिभिजनले शनिबार बिहानैदेखि घरमा डोजर चलाएको छ। मंसिर २० गते शनिबार एकैदिन ५३१ मध्ये करिब ५१० संरचना भत्काइएको थियो। घर भत्काइसकेपछि मात्र अदालतको आदेश कार्यान्वयन गर्दै आइतबारदेखि विस्तार स्थगित गरिएको थियो। प्रभावितहरूले सरकारले भत्काइएका सबै संरचना पुनःनिर्माण गर्नुपर्ने, उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र वैकल्पिक व्यवस्थापन सुनिश्चित गर्नुपर्ने माग गरेका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरुप्रसाद अधिकारीले सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण हाललाई सडक सीमा संरक्षणको काम रोकिएको बताएका थिए। उनका अनुसार प्रभावितलाई सामान निकाल्न दुई दिन समय दिइएको र कानुनी प्रकृया अनुसार अगाडि बढ्ने तयारी भइरहेको दाबी गरे।

यसैबीच, प्रदर्शन स्थलमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि केही प्रदर्शनकारीले आक्रोश पोखेका छन्। आफूहरूको पक्षमा समाचार नदिएको आरोप लगाउँदै उनीहरूले केही पत्रकारमाथि शब्ददुर्व्यवहार गरेका थिए। प्रशासन कार्यालय अगाडिको सडकछेउमा रहेर दृश्य खिचिरहेका पत्रकारहरूलाई धम्कीपूर्ण भाषा प्रयोग गर्दै उपकरणतर्फ हात बढाउने प्रयास भएको पत्रकारहरूले बताएका छन्। स्थितिलाई नियन्त्रणमा लिन प्रहरी र त्यहाँ रहेका केही पीडितले पत्रकारहरूको सुरक्षा गरेका थिए।

प्रेस स्वतन्त्रतामाथि चुनौती देखिने यस्ता घटनाप्रति पत्रकारहरूले गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

हेटौँडामा अबेर रातसम्म डान्स बार सञ्चालन गर्ने ४ जना पक्राउ

११ वैशाख, हेटौँडा । हेटौँडामा अबेर रातसम्म डान्स बार तथा दोहोरी साँझ सञ्चालन गरेको आरोपमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।...
एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

एडीबीसँग ११५ मिलियन डलर ऋण स्वीकार गर्नेसरकारको निर्णय

१० वैशाख, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्त्वपूर्...
१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वर्षमा १५ हजार मेगावाट निर्यात लक्ष्य बनाउदै सरकार

१० वैशाख, हेटौंडा । ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने लक्ष्यसहित ‘ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०...
भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

भुटनदेवी माविमा कक्षा ११–१२ मा होटल म्यानेजमेन्ट र शिक्षा विषय थपिने

६ वैशाख, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाको पुरानो र उत्कृष्ट नतिजा हासिल गर्दै आएको भुटनदेवी माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा...
विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

विक्रम संवत् २०८३  नयाँ वर्ष  शुरु

१ वैशाख, हेटौँडा । आजदेखि नेपालमा विक्रम संवत् २०८३ को प्रारम्भ भएको छ । नेपालीहरूको परम्पराअनुसार, वैशाख १ गतेलाई नयाँ वर्षका रूप...
सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

सरकारद्वारा वैशाख ७ सम्म ‘शून्य बाँकी फाइल अभियान’ घोषणा

२८ चैत, हेटौँडा । सरकारी कार्यालयहरूमा थन्किएका फाइलहरूको चाप घटाउन र सेवा प्रवाहलाई छिटोछरितो बनाउन सरकारले ‘शून्य बाँकी फाइल अभि...
घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

घरमै बसेर ‘ई–पेन्सन भेरिफिकेसन’, राज्यलाई वार्षिक १५ करोड बचत हुने

२८ चैत, हेटौँडा । नेपालको सार्वजनिक सेवा प्रवाहमा ऐतिहासिक परिवर्तन गर्दै सरकारले पेन्सनरहरूका लागि ‘ई(पेन्सन भेरिफिकेसन’ प्रणाली ...
बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

बागमतीमा सार्वजनिक सवारीको नयाँ भाडादर लागू

२८ चैत, हेटौँडा । बागमती प्रदेश सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडादर लागू गरेको छ। प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय...