Day: December 8, 2025

राजमार्ग विस्तारविरुद्ध पीडितको प्रशासन घेराउ, भत्काइएका घर पुनःनिर्माणको माग

राजमार्ग विस्तारविरुद्ध पीडितको प्रशासन घेराउ, भत्काइएका घर पुनःनिर्माणको माग

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार, स्थानीय, हेटौँडा
२२ मंसिर, हेटौंडा । राजमार्ग विस्तारका क्रममा घर–व्यवसाय भत्काइएका हेटौँडाका स्थानीय पीडितहरूले सोमबार जिल्ला प्रशासन कार्यालय मकवानपुर घेराउ गर्दै विरोध प्रदर्शन ?आक्रोश व्यक्त गरेका हुन्। प्रदर्शनमा सहभागी स्थानीयले अदालतको आदेश किन नमानेको हो, डोजर आतंक बन्द गर, उचित मुआब्जा दे, भत्काइएका घर पुनःनिर्माण गर, सिडिओ राजीनामा देजस्ता नारा लगाउँदै जुलुससहित धर्ना दिएका थिए। हेटौँडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुल र चौकिटोल ओरालोसम्म करिब ५१० घर र संरचना भत्काइएपछि प्रभावितहरू आन्दोलित बनेका हुन्। पीडितहरूका अनुसार सर्वोच्च अदालतले मंसिर १९ गते नै सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरिसके पनि त्यसको अवज्ञा गर्दै डिभिजनले शनिबार बिहानैदेखि घरमा डोजर चलाएको छ। मंसिर २० गते शनिबार एकैदिन ५३१ मध्ये करिब ५१० संरचना भत्काइएको थियो। घर भत्काइसकेपछि मात्र अदालतको आदेश कार्यान्वयन गर्...
पूर्वाधार विकास बिना नागरिकको आर्थिक जीवनस्तर उठ्न सम्भव छैन: मुख्यमन्त्री बानियाँ

पूर्वाधार विकास बिना नागरिकको आर्थिक जीवनस्तर उठ्न सम्भव छैन: मुख्यमन्त्री बानियाँ

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, राजनीति, समाचार
२२ मङ्सिर, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शलिकराम बानियाँले आधारभूत पूर्वाधारको विकास नगरी नागरिकको आर्थिक जीवनस्तर उकास्न नसकिने बताएका छन् । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सडक, पुल र बिजुलीजस्ता संरचनाले मात्र जनजीवन सहज र सशक्त बन्ने भएकाले सरकार पूर्वाधार विकासमा केन्द्रित भएको बताए । 'सडक, पुल, बिजुली जस्ता पूर्वाधारको विकास नगर्दासम्म नागरिकले वास्तविक परिवर्तनको अनुभूति गर्न सक्दैनन्,' मुख्यमन्त्री बानियाँले भने, 'त्यसैले मेरो नेतृत्वको सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । मुख्यमन्त्री बानियाँले खानीखोला क्षेत्रका बासिन्दाको पहुँच र आवतजावत सहज बनाउन सिक्रेदोभानको पुल आगामी वैशाखभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले सोमबार बिहान पुल निर्माण स्थलको अनुगमन गर्दै ठेकेदार क...
सडक विस्तार प्रभावितलाई सहुलियत ऋण दिलाउन उपमहानगरले पहल गर्ने 

सडक विस्तार प्रभावितलाई सहुलियत ऋण दिलाउन उपमहानगरले पहल गर्ने 

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, बागमती प्रदेश, समाचार
२१ मङ्सिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले बजार क्षेत्रभित्रको राजमार्ग विस्तार अभियानबाट प्रभावित भएका घरधनी तथा व्यवसायीका लागि विशेष राहत प्याकेज ल्याउने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिकाको ७६औँ बैठकले सडक विस्तारपछि उत्पन्न परिस्थितिलाई व्यवस्थापन गर्न ९ बुँदे निर्णय गर्दै प्रभावित जनताको पुनर्स्थापनामा सहजीकरण गर्ने तयारी गरेको हो । बैठकले सडक विस्तारका क्रममा घर भत्किएका घरधनीलाई पुनःआवास निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै, व्यवसाय बन्द भई विस्थापित हुनुपरेका व्यवसायीहरूको लगत संकलन गरी व्यवसाय पुनःसञ्चालन नहुँदासम्मको अवधिका लागि व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेश गर्ने उपमहानगरपालिकाले जनाएको छ। नयाँ घर बनाउन बाध्य भएका प्रभावितलाई दुई हजार  वर्गफिटसम...