समाचार

ठोकर्पा बस दुर्घटनामा दुईको मृत्यु, ४१ घाइते

ठोकर्पा बस दुर्घटनामा दुईको मृत्यु, ४१ घाइते

समाचार
काठमाडौँ । ठोकर्पाबाट कालिका हुँदै काठमाडौँ जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । कोशीपारि यातायातको बा३ख ८०३० नम्बरको बस सुनकोशी–३ छापमा दुर्घटना भएको हो ।घटनामा ४१ घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । बस ओरालो बाटोको मोडमा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस्नेतका अनुसार १८ जना सिन्धु सदाबहार अस्पताल सिन्धुपाल्चोकमा, एक जना मध्यपुरठिमी अस्पताल भक्तपुरमा र २२ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भइरहेको छ । धुलिखेल अस्पताल काभ्रेमा उपचारको क्रममा मृत्यु हुनेमा ललितपुर ठूलो दुर्लुङ घर भएका अन्दाजी ४०/४५ वर्षको पुरुष राजन बराम र अन्दाजी २०/२२ वर्षका पुरुष सनाखत हुन बाँकी रहेको बस्नेतले जानकारी दिनुभयो ।...
केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई  कोरोना  खोप

केन्द्रीय कारागारका सबै कैदीबन्दीलाई कोरोना खोप

समाचार
काठमाडौँ । मुलुकको सबैभन्दा पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलका सबै कैदीबन्दीलाई कोरोना खोप लगाइएको छ । विसं १९७१ मा स्थापना भएको उक्त कारागारमा रहेका सबै कैदीबन्दीलाई दुवै खोप लगाइसकिएको कारागारका जेलर वेदनिधि अधिकारीले राससलाई जानकारी दिनुभयो । नयाँ आउने कैदीबन्दीलाई भने अलग राखेर खोप लगाइने गरेको उहाँको भनाइ छ ।तीन हजार २१५ कैदीबन्दी रहेको केन्द्रीय कारागारभित्र तीन जेल रहेका छन् । हाल सो जेलमा एक हजार ८२२, भद्र जेलमा एक हजार ३८ र महिला जेलमा ३५५ कैदीबन्दी छन् । उक्त जेलमा १६ नाबालक समेत छन् । कोरोनाको पहिलो चरणमा केन्द्रीय कारागारमा कोरोना सङ्क्रमणका कारण आठ जनाको निधन भए पनि दोस्रो चरणको कोरोनाबाट कसैले पनि ज्यान नगुमाएको जेलर अधिकारीले बताउनुभयो । काठमाडौँको डिल्लीबजारमा समेत अर्को जेल रहेका कारण महिला कैदीबन्दीलाई भने केन्द्रीय कारागारमा मात्र राखिँदै आएको छ...
खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

समाचार
काठमाडौँ । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ ।सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् । उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताउनुभयो ।...
कुलमान घिसिङको नियुक्ति सम्बन्धी तीन दिनभित्र कागजात झिकाउन सर्वोच्च अदालतको आदेश

कुलमान घिसिङको नियुक्ति सम्बन्धी तीन दिनभित्र कागजात झिकाउन सर्वोच्च अदालतको आदेश

समाचार
काठमाडौँ । सर्वोच्च अदालतले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई गरिएको नियुक्तिसम्बन्धी तीन दिनभित्र आवश्यक कागजात झिकाउने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज घिसिङविरुद्ध तत्कालीन निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको प्रारम्भिक सुनुवाइपछि उक्त आदेश जारी गरेको हो । आदेशमा निवेदक शाक्यको २०७७ माघ २६ गतेको मन्त्रिपरिषद्को निर्णय, निजलाई ऊर्जा विशेषज्ञका रूपमा नियुक्ति गर्ने फायल, घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने गत साउन २५ गतेको निर्णयका साथै शाक्य र प्राधिकरणबीच भएको सम्झौताको सक्कल फायल तीन दिनभित्र झिकाउन भनिएको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध शाक्यले गत साउन ३२ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । मन्त्रिपरिषद् तथा प्रध...
नयाँ सरकार गठनबारे छलफलमा तालिबानी नेता

नयाँ सरकार गठनबारे छलफलमा तालिबानी नेता

समाचार
काठमाडौँ । तालिबान समूहले यहाँको शासन सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ । तालिबानका संस्थापकमध्येका एक नेता मुल्लाह अब्दुल गनी बरादर नयाँ सरकार गठनको छलफलका लागि गत शनिबार नै राजधानी काबुल पुगेका बताइएको छ । अफगानिस्तानका अधिकारीलाई उद्धृत गर्दै यहाँका स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन् । गनी बरादर तालिबानका प्रभावशाली नेताका रूपमा चिनिन्छन् । उनले नै अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने विषयमा यसअघिको शान्ति वार्ताका क्रममा तयार गरेको सम्झौतामा हस्ताक्षर गरेका थिए ।  यति बेला विश्व समुदायले नै अफगानिस्तानमा गठन हुने तालिबानको सरकार कस्तो हुन्छ भन्ने बारेमा निकै चासो पूर्णरुपमा हेरेका छन् । उता तालिबानले भने अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने बताइरहेका छन् । तालिबानहरुको यो भनाइप्रति भन...
मनसुनी वायुका कारण मौसममा सुधार  हुन अझै केही दिन लाग्ने

मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने

समाचार
काठमाडौँ । मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।   “अहिलेको अवस्थालाई हेर्दा मौसममा सुधार हुने देखिएको छैन् । बुधबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना छ ।” जल तथा मौसम विज्ञान विभागका  वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।  शुक्रबारसम्म देशका धेरैजसो स्थानमा बदली रहनाका साथै हल्कादेखि मध्यम खालको वर्षा हुने र केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेकोे छ । त्यस अवधिमा दिउँसोभन्दा राति र बिहान पानी धेरै पर्ने बताइएको छ । हाल देभभर सामान्य बदली रही प्रदेश नं १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरेहको र वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्ष...
कोरोना कहरमा पनि माक्स लगाएरै सुनापति महादेवको दर्शन धुमधामले सम्पन्न

कोरोना कहरमा पनि माक्स लगाएरै सुनापति महादेवको दर्शन धुमधामले सम्पन्न

समाचार
रामेछाप।सुनापति गाउँपालिकाको चर्चित धार्मिक एवं पर्यटकिय स्थल  सुनापति डाँडामा जनैपूर्णिमाका दिन वर्षेनी मनाइने पूर्णिमा पर्व स्थानीयले कोरोना संक्रमण जोखिम हुँदाहुँदै पनि परम्परा जर्गेना गर्न माक्स लगाएरै धुमधाम साथ मनाएका छन् ।परम्परादेखि मनाउँदै आइएको जनैपूर्णिमा पर्व कोरोना महामारीका बीच गाउँपालिका भित्रका विभिन्न स्थानबाट धामी झाक्री, भक्तजनहरु सुनापतिस्थित सुनापति महादेवको मन्दिरमा पुगेर दर्शन गर्दा आफ्नो मनले सोचिएको मोनकांक्षा पूरा हुन्छ भन्ने जनविश्वास रहीआएको छ ।त्यसले गर्दा काभ्रे, दोलखा, रामेछाप, काठमाडौँ लगायतका ठाउँबाट हजारौँ श्रद्धालु भक्तजनहरु महादेवको दर्शन गर्न आउने गरेको पाइन्छ ।पर्यटकीय क्षेत्रको रुपमा विकास गरिएको सुनापति डाँडामा महादेवको दर्शनसँगै घुमघामका लागि हजारौ आन्तरिक तथा बाह्य पर्यटक यही अवसरमा सुनापति डाँडामा पुग्ने गर्छन् । सुनापतिमा महादेवको दर्शनका लागि यस...
आमाको मार्मिक वियोगान्त कथा मृत आमाकै काखमा, मम्मी भन्दै भक्कानिन्छन् ३२ महिने छोरा

आमाको मार्मिक वियोगान्त कथा मृत आमाकै काखमा, मम्मी भन्दै भक्कानिन्छन् ३२ महिने छोरा

समाचार
काठमाडौँ  ।  सामाजिक सञ्जालमा शुक्रबारदेखि एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा एक महिला नाबालक छोरो लिएर निदाएजस्ती देखिन्छन्। खासमा ती महिलाको बसमा यात्राकै क्रममा निधन भएको रहेछ। छोरो अरू यात्रुसँग नफकिएपछि मृत आमाकै काखमा राखिएको थियो।उनी रहिछन्, २८ वर्षीया धर्माकुमारी बटाला। माइतीघर डडेलधुराको अजयमेरु गाउँपालिका–३ गुनपाल। रूकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ बटालागाउँ खारखोलाका दलबहादुर बटालासँग आठ वर्षअघि बिहे भएको थियो। दलबहादुर भवन निर्माणसम्बन्धी काम गर्दै बाँकेको नेपालगन्जमै बस्दै आएका थिए। उनले मुटुरोगी श्रीमतीलाई थप उपचारका लागि उतै बोलाए। धर्माकुमारी ३२ महिने छोरा किरणलाई बोकेर बिहीबार रुकुम पश्चिमको राडीबाट ना.३ख ३७७९ नम्बरको रात्रिबस चढिन्। श्रीमान्–श्रीमतीबीच फोन सम्पर्क भइरहेको थियो। जाजरकोटको छेडाबजारमा आमा छोराले खाना खाएपछि पनि दुई पटक सम्पर्क भएको दलबहादुरले सुनाए।उनका अनु...
ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङको  कहालीलाग्दो संघर्षको कथा…..

ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङको कहालीलाग्दो संघर्षको कथा…..

समाचार
काठमाडौँ । नेपाल राष्ट्रिय तामाङ घेदुङको बुढानिलकण्ठस्थित चप्पलि हाइटमा निर्माणाधिन तामाङ भवनलाई ललितपुर निवासी निर्माण व्यवसायी सानु तामाङले भवन निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल तामाङ डाजङको केन्द्रीय सदस्यबाट सुरु गरिएको संगठानिक जिवनलाई नेपाल तामाङ युवा घेदुङका ललितपुर जिल्ला अध्यक्षसम्म समालेका तामाङ मध्यम अञ्चल युवा घेदुङ्का संयोजकमा रहेर युवाहरुको नेतृत्व गरिएको थियो । सानै देखि बिद्रोही स्वभावका तामाङले जिवनमा थुप्रै संघर्षका डोबहरु पार गर्दै यो अवस्थामा आईपुगेको बताउनुभयो।सामाजिक संस्थाको युवा सङगठनमा रहेर काम गर्दै गरेका तामाङ एकासी राजनीति तिर होमिए नेपाली काङ्ग्रेसमा युवा दस्ता तरुण दलको जिल्ला सदस्यमा संगठित भएर राजनीति यात्रा सुरु गरिएको थियो। तरुण दलबाट शुरु गरेको राजनीतिक यात्राकै क्रम्मा नेपाली काङ्ग्रेसको  १२ औ महाधिवेशनमा सहभागी भइ  आफुलाई नेपाली...
बिहीबार थप ३ हजार ७५ सङ्क्रमित, ३३ को मृत्यु

बिहीबार थप ३ हजार ७५ सङ्क्रमित, ३३ को मृत्यु

समाचार
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ११ हजार ९४६ पीसीआर परीक्षणमा दुई हजार ३२१ र चार हजार ४९२ एन्टिजेन परीक्षणमा ७५४ जना गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा हालसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ४२ हजार २२८ पुगेको छ । एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ७८ हजार ३७७ छ । सो अवधिमा थप दुई हजार १२६ जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ६ लाख ९१ हजार २९९ पुगेको छ । हाल ३७ हजार ११४ होम आइसोलेसनमा तथा तीन हजार ३८६ जना संस्थागत आइसोलेसनमा छन् । त्यसैगरी ७३९ आइसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ५०० रहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ४२९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ...