Day: March 28, 2025

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्सेरसहित १७ जना पक्राउ  

राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री धवल शम्सेरसहित १७ जना पक्राउ  

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१५ चैत, हेटौंडा । काठमाडौं तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्‍याइएपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मिश्रसहित महामन्त्री धवलशम्शेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो । प्रहरीसँगको झडपका क्रममा १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।...
काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश

Breaking News 1, ताजा अपडेट, राजनीति, समाचार
१५ चैत, हेटौंडा । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । आजै राति १० बजेसम्म कर्फ्यु आदेश जारी भएको प्रशासनले जनाएको छ । राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।...
बसको ठक्करबाट युवाको मृत्युपछि मनहरीमा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट युवाको मृत्युपछि मनहरीमा राजमार्ग अवरुद्ध

Breaking News 1, ताजा अपडेट, मनहरी, समाचार
१५, चैत, हेटौंडा । मकवानपुरको मनहरीमा रात्रि बसको ठक्करबाट एकजना युवाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तरगत मकवानपुरकाे मनहरी गाउँपालिका ६ लाेथरस्थित प्रहरी चौकी अगाडी प्रदर्शन गर्दै स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् । गएराति करिब ३ बजेकाे समयमा यात्रु बसले म्याजिकलाई ठक्कर दिदा म्याजिक चालक राक्सिराङ गाउँपालिका ४ का ३२ वर्षीय सन्देश काेइरालाकाे मृत्यु भएकाे थियो । चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट  चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको  म्याजिक गाडी एक आपसमा ठक्कर खाई दुर्घटना भएकाे थियाे । म्याजिकमा चालकबाहेक अन्य कुनै यात्रु नरहेकाे प्रहरीले जनाएकाे छ ।  दूर्घटनामा म्याजिक चालक कोइरालाको खुट्टा, टाउको र शरिरहरुमा चोट लागी गम्भीर घाईते भई उपचारको लागी चितवन नयाँ मेडिकल क...