पत्रकार हत्याको निष्पक्ष छानवीन होसः पत्रकार महासंघ मकवानपुर
२९ चैत, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले गत १५ चैतमा काठमाडौंको तिनकुनेमा भएको पत्रकार हत्याको निष्पक्ष छानवीनको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशलाई ध्यानकर्षण पत्र बुझाएको छ । महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेर पत्रकार हत्याको निष्पक्ष र स्वतन्त्र छानवीनको माग गर्दै ध्यानाकर्षण गराएको हो ।
महासंघले आयोग बागमती प्रदेशका निमित्त प्रमुख पवन कुमार भट्टलाई पत्रकार सुरेश रजकको हत्याका विषयमा छानवीन गर्न महासंघ मकवानपुरले माग गरेको छ । तीनकुनेमा भएको हिंसात्मक घट्नामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा हनन हुने गरी सञ्चारगृह र सञ्चारकर्मीमाथि आक्रमण भएको महासंघको ठहर छ ।
ध्यानाकर्षण पत्रमा पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घट्नाका सन्दर्भमा नेपाल पत्रकार महासंघले निष्पक्ष र स्वतन्त्र छानवीन गरी दोषि माथि कार...















