Day: May 21, 2025

हेटौँडामा डिजेललाई खानेतेल सम्झिएर प्रयोग गर्दा आगलागी, दुईजना घाइते

हेटौँडामा डिजेललाई खानेतेल सम्झिएर प्रयोग गर्दा आगलागी, दुईजना घाइते

Breaking News 1, ताजा अपडेट, समाचार, हेटौँडा
७ जेठ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमानेको नमुना टोलमा खाना पकाउने क्रममा डिजेललाई खानेतेल सम्झिएर प्रयोग गर्दा भान्सामा आगलागी भएको छ । आगलागीमा परी एक किशोरीसहित दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, बुधबार साँझ बच्चा देवानको घरमा डेरा गरी बसिरहेकी वीरगञ्ज महानगरपालिका–३० की १३ वर्षीया असिया खातुनले मासु पकाउने क्रममा गल्तीवश कराईमा डिजेल हालेपछि आगो सल्किएको हो। आगो लाग्दा असिया खातुनको अनुहार, हात, पिठिउँ र खुट्टामा गम्भीर रूपमा चोट लागेको छ । यस्तै, घटनामा भारत बिहार राज्य मोतिहारी जिल्लाको आदापुर ग्राम निवासी २५ वर्षीया अफ्रिदा खातुन पनि सामान्य रूपमा घाइते भएकी छन् । उनको बायाँ कान, गाला र हात जलेको प्रहरीको भनाइ छ। घाइते दुवै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी द...