
जेनजी पुस्ताको आन्दोलन प्रति कांग्रेस बागमती प्रदेशको धारणा सार्वजनिक
२५ भदौ, हेटौँडा । हालै देशभर उग्र बनेको जेनजी पुस्ताको आन्दोलन र त्यसपछि देखिएका घटनाक्रमबारे नेपाली कांग्रेस बागमती प्रदेश समितिले औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेस बागमती प्रदेश समितिले ‘जेनजी’ पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा अराजक र उच्छृङ्खल तत्वहरू प्रवेश गरी हिंसात्मक गतिविधि बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनकै नाममा पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवासमा गरिएको आक्रमणलगायतका घटनाको भत्र्सनासमेत गरिएको छ । सभापति देउवाप्रति गरिएको अमानवीय व्यवहार र निवासमाथि भएको आक्रमण लोकतान्त्रिक संस्कारविपरीत रहेको उल्लेख गर्दै यसप्रति खेद प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा नकांग्रेसका सभापति शेरबहादुर देउवाम...