Day: September 10, 2025

जेनजी पुस्ताको आन्दोलन प्रति कांग्रेस बागमती प्रदेशको धारणा सार्वजनिक

जेनजी पुस्ताको आन्दोलन प्रति कांग्रेस बागमती प्रदेशको धारणा सार्वजनिक

Breaking News 1, ताजा अपडेट, बागमती प्रदेश, राजनीति
२५ भदौ, हेटौँडा । हालै देशभर उग्र बनेको जेनजी पुस्ताको आन्दोलन र त्यसपछि देखिएका घटनाक्रमबारे नेपाली कांग्रेस बागमती प्रदेश समितिले औपचारिक धारणा सार्वजनिक गरेको छ । कांग्रेस बागमती प्रदेश समितिले ‘जेनजी’ पुस्ताले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा अराजक र उच्छृङ्खल तत्वहरू प्रवेश गरी हिंसात्मक गतिविधि बढाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनकै नाममा पूर्वप्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निवासमा गरिएको आक्रमणलगायतका घटनाको भत्र्सनासमेत गरिएको छ । सभापति देउवाप्रति गरिएको अमानवीय व्यवहार र निवासमाथि भएको आक्रमण लोकतान्त्रिक संस्कारविपरीत रहेको उल्लेख गर्दै यसप्रति खेद प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी आन्दोलनकारीको नाममा नकांग्रेसका सभापति शेरबहादुर देउवाम...