बागमतीमा मन्त्रालयको संख्या घटाउन माओवादी केन्द्रले दबाब दिने
९ असोज, हेटौँडा । माओवादी केन्द्रले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउन दबाब दिने भएको छ । बुधबार काठमाडौंमा बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेशमा रहेको १४ मन्त्रालयबाट संख्या घटाएर सानो आकारको मन्त्रिपरिषद् बनाउन दबाब दिने निर्णय गरेको हो ।
माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले बैठकले प्रदेश सरकारलाई हाल रहेको १४ वटा मन्त्रालयबाट संख्या घटाउन दबाब दिने निर्णय गरेको जानकारी दिँदै मन्त्रालयको संख्या धेरै हुनु प्रदेश संरचनाप्रति नागरिकमा बढ्दो नैराश्यको मुख्य कारण भएको बैठकले निष्कर्ष निकालेको बताए ।
‘प्रदेशमा भएका मन्त्रालयको संख्याले आमनागरिकमा नैराश्यता छाएको छ । संघीयताप्रति नकरात्मकता बढ्दै गएको छ,’ उनले भने, ‘त्यसकारण हामीले मन्त्रालयको संख्या घटाउन दबाब दिने निर्णय गरेका हौँ ।’ उनका अनुसार प्रमुख प्रतिपक्ष दलको है...














