Day: October 10, 2025

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार रुपैयाँको पत्रकारिता सम्मान घोषणा

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार रुपैयाँको पत्रकारिता सम्मान घोषणा

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
२३ असोज, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशी बढाएर ५० हजार रुपैयाँ पुर्‍याइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटका क्रममा आगामी वर्षदेखि पुरस्कारको राशी ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन् । यसअघि उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ थियो । ढकालको घोषणासँगै यो पुरस्कार मकवानपुरको पत्रकारिता क्षेत्रमा सबैभन्दा उच्च नगद राशीको पत्रकारिता पुरस्कार बनेको छ। यस पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन् । भेटघाटका क्रममा ढकालले पत्रकारहरुलाई संगठित भएर व्यावसायिक नेतृत्व विकासमा योगदान दिनुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता र पत्रक...