
प्रेस युनियन मकवानपुरद्वारा ५० हजार रुपैयाँको पत्रकारिता सम्मान घोषणा
२३ असोज, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशी बढाएर ५० हजार रुपैयाँ पुर्याइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटका क्रममा आगामी वर्षदेखि पुरस्कारको राशी ५० हजार रुपैयाँ पुर्याउने घोषणा गरेका हुन् । यसअघि उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ थियो ।
ढकालको घोषणासँगै यो पुरस्कार मकवानपुरको पत्रकारिता क्षेत्रमा सबैभन्दा उच्च नगद राशीको पत्रकारिता पुरस्कार बनेको छ। यस पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन् । भेटघाटका क्रममा ढकालले पत्रकारहरुलाई संगठित भएर व्यावसायिक नेतृत्व विकासमा योगदान दिनुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता र पत्रक...