प्रेस युनियन मकवानपुरद्वारा ५० हजार रुपैयाँको पत्रकारिता सम्मान घोषणा

२३ असोज, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशी बढाएर ५० हजार रुपैयाँ पुर्‍याइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटका क्रममा आगामी वर्षदेखि पुरस्कारको राशी ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन् । यसअघि उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ थियो ।

ढकालको घोषणासँगै यो पुरस्कार मकवानपुरको पत्रकारिता क्षेत्रमा सबैभन्दा उच्च नगद राशीको पत्रकारिता पुरस्कार बनेको छ। यस पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन् । भेटघाटका क्रममा ढकालले पत्रकारहरुलाई संगठित भएर व्यावसायिक नेतृत्व विकासमा योगदान दिनुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सम्मान सुदृढ गर्न युनियनको भूमिकाको प्रशंसा गरे। उनले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारिताको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले पुरस्कारको राशी वृद्धिले पत्रकारिता क्षेत्रमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे । “मकवानपुरको पत्रकारिता इतिहासमा यो एउटा महत्त्वपूर्ण क्षण हो,” उनले भने, “५० हजार रुपैयाँ सहित पत्रकारहरुलाई सम्मान गर्न पाउनु हामी सबै युनियनकर्मीका लागि गर्वको विषय हो। यसले पत्रकारहरुलाई प्रोत्साहित गर्ने र संस्थागत विकासमा टेवा पुग्नेछ ।”

अध्यक्ष विडारीका अनुसार यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिनेछ। उनले युनियनसँग हाल थप तीनवटा पुरस्कार पनि रहेको बताउँदै ती पुरस्कारहरू साधारणसभा र अधिवेशनको अवसरमा वितरण गरिने जानकारी दिए । “सीतादेवी स्मृति पत्रकारिता सम्मानलाई विशेष कार्यक्रममार्फत वितरण गरिनेछ,” उनले भने, “यसका लागि संस्थाले आन्तरिक रूपमा कार्यविधि निर्माण गर्ने तयारी गरेको छ। यस पुरस्कार मकवानपुरे पत्रकारलाई विशेष प्राथमिकतामा राखी प्रदान गरिनेछ ।”

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार रुपैयाँको पत्रकारिता सम्मान घोषणा

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार रुपैयाँको पत्रकारिता सम्मान घोषणा

२३ असोज, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारक...
सरकारको लक्ष्य पूरा गर्नु सबैको दायित्वः अध्यक्ष मुक्तान

सरकारको लक्ष्य पूरा गर्नु सबैको दायित्वः अध्यक्ष मुक्तान

२३ असोज, हेटौँडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सरकारले लिएको लक्ष्य पूरा गर्नु सबैको साझा दायित्व रहेको बताएका ...
बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

बालेन र सुदनविरुद्ध अनेरास्ववियुको जाहेरी, प्रहरीले दर्ता गरेन

२२ असोज, हेटौँडा । काठमाडौंपछि मकवानपुरमा पनि काठमाडौं महानगरका प्रमुख बालेन साह र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङविरुद्ध जाहे...
विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

विपद् व्यवस्थापनमा बागमती सरकार सक्रियः ५ करोड ४० लाख रुपैयाँ बजेट निकासा

२१ असोज, हेटौँडा । मनसुनजन्य विपद्को पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले ५ करोड ४० लाख रुपैयाँ बजेट ...
शनिबारयता विपत्तिमा ५२ जनाको मृत्यु

शनिबारयता विपत्तिमा ५२ जनाको मृत्यु

१९ असोज, हेटौँडा । शनिबारदेखिको लगातारको वर्षा, पहिरो र चट्याङ लगायतका प्राकृतिक विपत्तिबाट देशभर ५२ जनाको मृत्यु भएको छ। सशस्त्र ...
अर्को मनसुनी प्रणाली सक्रिय हुँदै, थप भारी वर्षाको सम्भावना स् मौसम पूर्वानुमान महाशाखा

अर्को मनसुनी प्रणाली सक्रिय हुँदै, थप भारी वर्षाको सम्भावना स् मौसम पूर्वानुमान महाशाखा

१८ असोज, हेटौँडा । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि देशभर थप वर्षा हुने सम्भावना रहेको जनाएको छ । बङ्गालको खाडीबाट आए...
पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

पाँचथर पिकअप दुर्घटनाः ६ जनाको मृत्यु, ६ गम्भीर घाइते

१८ असोज, हेटौँडा। पाँचथरमा भएको एक भीषण सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहर...
अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

अविरल वर्षाका कारण थप दुई दिन सार्वजनिक बिदा घोषणा

१८ असोज, हेटौँडा। देशका विभिन्न भागमा परिरहेको अविरल वर्षाले जनजीवन प्रभावित बनेको छ । यसैबीच सरकारले थप दुई दिन — आइतबार र सोमबार...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज