प्रेस युनियन मकवानपुरद्वारा ५० हजार रुपैयाँको पत्रकारिता सम्मान घोषणा

२३ असोज, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कारको राशी बढाएर ५० हजार रुपैयाँ पुर्‍याइएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौंडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटका क्रममा आगामी वर्षदेखि पुरस्कारको राशी ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन् । यसअघि उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ थियो ।

ढकालको घोषणासँगै यो पुरस्कार मकवानपुरको पत्रकारिता क्षेत्रमा सबैभन्दा उच्च नगद राशीको पत्रकारिता पुरस्कार बनेको छ। यस पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन् । भेटघाटका क्रममा ढकालले पत्रकारहरुलाई संगठित भएर व्यावसायिक नेतृत्व विकासमा योगदान दिनुपर्नेमा जोड दिँदै प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सम्मान सुदृढ गर्न युनियनको भूमिकाको प्रशंसा गरे। उनले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारिताको सुदृढीकरणका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

नेपाल प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीले पुरस्कारको राशी वृद्धिले पत्रकारिता क्षेत्रमा नयाँ ऊर्जा भर्ने विश्वास व्यक्त गरे । “मकवानपुरको पत्रकारिता इतिहासमा यो एउटा महत्त्वपूर्ण क्षण हो,” उनले भने, “५० हजार रुपैयाँ सहित पत्रकारहरुलाई सम्मान गर्न पाउनु हामी सबै युनियनकर्मीका लागि गर्वको विषय हो। यसले पत्रकारहरुलाई प्रोत्साहित गर्ने र संस्थागत विकासमा टेवा पुग्नेछ ।”

अध्यक्ष विडारीका अनुसार यो पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिनेछ। उनले युनियनसँग हाल थप तीनवटा पुरस्कार पनि रहेको बताउँदै ती पुरस्कारहरू साधारणसभा र अधिवेशनको अवसरमा वितरण गरिने जानकारी दिए । “सीतादेवी स्मृति पत्रकारिता सम्मानलाई विशेष कार्यक्रममार्फत वितरण गरिनेछ,” उनले भने, “यसका लागि संस्थाले आन्तरिक रूपमा कार्यविधि निर्माण गर्ने तयारी गरेको छ। यस पुरस्कार मकवानपुरे पत्रकारलाई विशेष प्राथमिकतामा राखी प्रदान गरिनेछ ।”

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

११ देखि बागमती प्रदेशसभाको बजेट अधिवेशन

७ जेठ, हेटौँडा । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको बजेट अधिवेशन जेठ ११ गते सोमबारका लागि आह्वान गर्न लागि प्...
कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

कैलाशमा अभिभावक लक्षित शिक्षा तथा सचेतना कार्यक्रम सुरु

७ जेठ, हेटौँडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले अभिभावकलाई लक्षित गरी बिहीवारदेखि बृहत अभिभावक शिक्षा तथा सचेतना कार्यक्रमको स...
पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

टाइब्रेकरमा प्लानिङ ब्वाइजलाई हराउँदै फ्रेन्ड्स क्लब सेमिफाइनलमा

२१ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा ललितपुरको फ्रे...
कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

कैलाशको बैकुण्ठमा बर्थिङ सेन्टर सञ्चालन

२१ वैशाख, हेटौँडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिका– २, बैकुण्ठमा बर्थिङ सेन्टर (प्रसूति केन्द्र) सञ्चालनमा आएको छ। केन्द्...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...