Day: October 29, 2025

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

Breaking News 1, ताजा अपडेट, समाचार
१२ कार्तिक, हेटौँडा । सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् । दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेका थिए । प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार यात्रु नभएको र पाइलट खड्का सकुशल रहेको पुष्टि गरिएको छ । लुक्ला विमानस्थलका अनुसार बिहान करिब ८स्१५ बजे “अल्फा माइक सेरा” कलसाइन भएको हेलिकप्टर अवतरणका क्रममा चिप्लिएको थियो । अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले पनि क्याप्टेन खड्काको अवस्था सामान्य रहेको जनाएका छन् । क्याप्टेन खड्कालाई उद्धार गर्न लुक्लाबाट कैलाश एयरको अर्को हेलिकप्टर पठाइएको छ । दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...