१२ कार्तिक, हेटौँडा । सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट विवेक खड्का मात्र रहेका थिए । प्रहरी नायब उपरीक्षक मनोजित कुँवरका अनुसार यात्रु नभएको र पाइलट खड्का सकुशल रहेको पुष्टि गरिएको छ ।
लुक्ला विमानस्थलका अनुसार बिहान करिब ८स्१५ बजे “अल्फा माइक सेरा” कलसाइन भएको हेलिकप्टर अवतरणका क्रममा चिप्लिएको थियो । अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले पनि क्याप्टेन खड्काको अवस्था सामान्य रहेको जनाएका छन् ।
क्याप्टेन खड्कालाई उद्धार गर्न लुक्लाबाट कैलाश एयरको अर्को हेलिकप्टर पठाइएको छ । दुर्घटनाको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Hetauda Live ले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष समाचार संप्रेसण गर्न सधै प्रतिबद्धछौ । भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोला, श्रोत गोप्य राखिने छ ।