संघले अधिकार नदिँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता बढाउन सकिएनः मुख्यमन्त्री लामा

३१ बैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संघीय सरकारबाट आवश्यक अधिकार नपाउँदा प्रदेशमा औद्योगिक विकास र उद्यमशीलता प्रवर्द्धनमा अवरोध भएको बताएका छन्। हेटौँडामा आयोजना भएको युवा सम्मेलनअन्तर्गत मंगलबार आयोजित ‘मुख्यमन्त्रीसँग युवा संवाद’ कार्यक्रममा लामाले औद्योगिक तथा आर्थिक क्षेत्रमा संघीय सरकारको नियन्त्रणले प्रदेश सरकारलाई नीति निर्माण र कार्यान्वयनमा समस्या भएको बताए।

मुख्यमन्त्री लामाका अनुसार उद्योग, वाणिज्य, आर्थिक विकास तथा उद्यमशीलताजस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा प्रदेशको अधिकार सीमित हुँदा प्रदेश सरकारले चाहेजस्तो काम गर्न नसकेको हो। ‘हामीले प्रदेशको विकासका लागि नयाँ नयाँ क्षेत्रमा लगानी बढाउनुपर्ने हो, तर हामीसँग स्रोत सीमित छ,’ उनले भने, ‘सँगसँगै संघको स्वीकृतिविना कुनै काम अघि बढाउन नसक्दा पनि हामीलाई कतिपय अवस्थमा काम गर्न समस्या छ।’

‘प्रदेशलाई जिम्मेवारी दिए हेटौँडा सिमेन्ट र कपडा उद्योग नाफामा लैजान सकिन्छ,’ मुख्यमन्त्री लामाले हेटौँडा सिमेन्ट उद्योग र कपडा उद्योगको उदाहरण दिँदै ती उद्योगहरूको स्वामित्व प्रदेशलाई दिए नाफामा चलाउन सकिने दावी गरे। ‘प्रदेश सरकारलाई ती उद्योग दिइयो भने दुई वर्षमै नाफामा लैजान सक्छौँ। हामीले अध्ययन अनुगमन गरिसकेका छौँ,’ मुख्यमन्त्री लामाले भने।

उनले संघीय सरकारको केन्द्रीय मानसिकताले प्रदेश सरकारको माग अस्वीकार गर्दै आएको आरोपसमेत लगाए। ‘पुँजीको अभावले संघअन्तर्गतका उद्योगहरू रुग्ण अवस्थामा पुगेका छन्। तर, प्रदेशमा उपलब्ध जनशक्ति र स्रोतको भरमा ती उद्योगलाई पुनः सञ्चालन गर्न सक्ने क्षमता हुँदा हुँदै पनि हामीसँग अधिकार भने छैन,’ उनले संघीय सरकारप्रति आक्रोश व्यक्त गरे।

उनले स्थानीय उत्पादन प्रयोग गरी कपडा उद्योग सञ्चालन गर्ने नीति ल्याउन सकिने बताउँदै युवालाई विदेश पलायन हुन नदिने गरी प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि नीति र योजना बनाइँदै गरेको जानकारी गराए। विज्ञान, प्रविधि र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै सीपमूलक तालिम र बीउ पुँजीको व्यवस्था प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए।

युवालाई कृषि क्षेत्रमा प्रोत्साहन गर्नु जरुरी रहेको बताउँदै उनले तालिम प्राप्त युवालाई उद्यमशील बनाउन बागमती प्रदेश सरकारले बीउ पूँजीको व्यवस्था गरिएको जानकारी गराए। बजेट अभावका कारण केही युवा लक्षित कार्यक्रम अघि बढ्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री लामाले कार्यान्वयन पक्षलाई प्रभावकारी ढंगबाट लागू गर्ने प्रतिबद्धता पनि व्यक्त गरे। उनले युवालाई नकारात्मक सोच नराखी सकारात्मक ऊर्जा लिएर देश निर्माणमा लगाउन आग्रह गरे।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

हेटौंडामा ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट’ आयोजना हुने

१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारअन्तर्गत युवा तथा खेलकुद मन्त्रालयले हेटौंडामा पहिलोपटक ‘प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट...
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१ जेठ, हेटौँडा । नेपाल आयल निगमले आज रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनले पठाएको नया...
बकैया  ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

बकैया ७ मा हर्दा खहरे सिँचाई आयोजनाको उद्घाटन

३१ बैशाख, हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७ मा हर्दा खहरे बोरिङ सिँचाई आयोजनाको उद्घाटन गरिएको छ । सिँचाइ सुविधा प...
महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

महालेखा प्रतिवेदन: मकवानपुरको बकैयामा सबैभन्दा कम बेरुजु, थाहामा सबैभन्दा बढी

१ जेठ, हेटौंडा  । स्थानीय तहको बजेट खर्चमा वित्तीय अनुशासन कमजोर हुँदै गएको महालेखा परीक्षकको ६२औँ प्रतिवेदनले देखाएको छ। बुधबार ...
बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभाको निश्कर्ष

३० बैशाख, हेटौँडा । गत १९ गते हेटौँडा उपमहानगरपालिका–१६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको पाइएको छ । घट...
चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

चोरमारास्थित गिरुवारी खोलाको पुल भाँचियो, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

३० बैशाख, हेटौँडा । नवलपुर जिल्लाको चोरमारा स्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध भए...
चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

चपसंघ मकवानपुरले वाग्ले, फागो र अधिकारीलाई पुरस्कृत गर्दै

३० बैशाख, हेटौँडा । चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले ७ जेठमा चलचित्र पत्रकारिता दिवसको अवसरमा चलचत्रि पत्रकार अनन्त वाग्ल...
विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

विकासमा नमुना वडा बनाउँदैछौँः वडा अध्यक्ष सिग्देल

२९ बैशाख, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ४ वडा नम्बर वडा अध्यक्ष नवीन सिग्देलले वडालाई विकासमा नमुना र अग्रिणी वडा बनाउँन आफू ला...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज