तीज नारी शक्तिको सम्मानः प्रदेश प्रमुख देवकोटा

१० भदौ, हेटौँडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले हिन्दु नारीहरूको महान् पर्व ‘हरितालिका तीज’लाई नारी शक्तिको सम्मान, प्रकृतिको संरक्षण र सामाजिक एकताको प्रतिकका रूपमा व्याख्या गर्दै सम्पूर्ण दिदीबहिनी तथा नेपाली समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

विशेष सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले तीज पर्वले नारी जीवनमा त्याग, समर्पण र आस्थाको संस्कारलाई जोड्ने मात्र नभई परिवार र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान गर्ने स्मरण गराउनुभएको छ । उहाँले भन्नुभयो, “सनातन वैदिक संस्कृतिमा आधारित यो पर्व नारी शक्तिको सम्मान र सामाजिक सद्भावको अमूल्य परम्परा हो ।”

पौराणिक कथाअनुसार, माता पार्वतीले भगवान शिवलाई पति पाउन कठोर तपस्या गर्दै निराहार व्रत बसेकी थिइन् । हिमालय पर्वतमा गरिएको यही तपस्याबाट प्रसन्न भई भगवान शिवले पार्वतीलाई पत्नीका रूपमा स्वीकार गरेको प्रसंग आज पनि तीज पर्वको मूल आधारका रूपमा स्मरण गरिन्छ । यही समर्पण र त्यागको सम्मानस्वरूप नारीहरूले तीज पर्वलाई श्रद्धा र उत्साहका साथ मनाउँदै आएको उल्लेख गर्दै प्रदेश प्रमुखले यसको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षलाई जीवन्त राख्नु सबैको कर्तव्य भएको बताएका छन् ।

सन्देशमा उहाँले चेलीहरूले जन्मघरमा गएर दुःखसुख साट्ने, आत्मीयता बाँड्ने, नाचगान गर्ने र परिकार खाने परम्पराले दिदीबहिनीबीच आपसी प्रेम र आत्मीयता अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । पछिल्ला वर्षहरूमा देखिएको भड्किलो खर्च, देखासिकी र भड्काउ प्रवृत्तिबाट टाढा रहँदै पर्वको वास्तविक मूल्य र मर्यादालाई जोगाउन सबैलाई आह्वान पनि गर्नुभएको छ ।

“चाडपर्व, धर्म, संस्कार र परम्पराले दिएको गौरवलाई जोगाएर मात्र तीजजस्ता पर्वहरूले समाजलाई सकारात्मक दिशामा अघि बढाउन सक्छन्,” उहाँले उल्लेख गर्नुभयो ।

प्रदेश प्रमुख देवकोटाले तीज पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव र मुलुकको समृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै यसले समाजमा विद्यमान विकृति, विसङ्गति र विभाजनलाई हटाई समानता र न्यायमा आधारित समाज निर्माण गर्ने प्रेरणा दिओस् भन्ने शुभकामना गर्नुभएको छ ।

तीजलाई केवल चाडको रूपमा मात्र नभई नारी सशक्तीकरण, सांस्कृतिक संरक्षण र सामाजिक सहअस्तित्वको मूल्यवान् पर्वका रूपमा स्थापित गर्नुपर्नेमा प्रदेश प्रमुखले जोड दिनुभएको छ । साथै, उहाँले सम्पूर्ण दिदीबहिनीहरूको दीर्घायु, सुस्वास्थ्य र प्रगतिका लागि मंगलकामना गर्दै तीज पर्वले सबै नेपालीबीच एकता, प्रेम र सहिष्णुताको नयाँ सन्देश प्रवाहित गर्न सकोस् भन्ने आशा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...