तीज पर्वले नारी एकता र सामाजिक सद्भाव बढाउँछः मुख्यमन्त्री बानियाँ

१० भदौ, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजले नारी एकता, पारिवारिक सुख–समृद्धि र सामाजिक सद्भावलाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिने बताएका छन् ।

तीजको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री बानियाँले तीज पर्वले महिलाहरूलाई धार्मिक आस्था, सामाजिक संस्कार र सांस्कृतिक पहिचानसँग जोड्ने माध्यमको रूपमा रहेको उल्लेख गरेका छन् । ‘तीज पर्वले नारीलाई धार्मिक विश्वाससँगै आत्मबल, धैर्य र समर्पणको प्रेरणा दिन्छ । यस पर्वले पारिवारिक र सामाजिक जीवनमा एकता, प्रेम र सद्भावको वातावरण सिर्जना गर्दछ ।’

मुख्यमन्त्री बानियाँले तीज पर्वलाई मौलिक संस्कृति, मूल्य र परम्परा जोगाउने महत्वपूर्ण अवसरका रूपमा लिँदै पछिल्ला समयमा देखापरेका सामाजिक विकृति, विसङ्गति र भड्किलो खर्चजस्ता प्रवृत्तिबाट टाढा रहन सबैमा आह्वान गरेका छन् ।

‘यस पर्वले समाजमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय भेदभाव र विभाजनलाई हटाई समानता, सहिष्णुता र मेलमिलापमा आधारित समाज निर्माण गर्ने प्रेरणा दिन्छ,’ उनको सन्देशमा भनिएको छ ।

मुख्यमन्त्री बानियाँले सम्पूर्ण नेपाली महिला दिदीबहिनीहरूलाई दीर्घायु, सुस्वास्थ्य र प्रगतिका लागि मंगलकामना गर्दै तीज पर्वले समाजलाई अझ एकताबद्ध र समावेशी बनाउन योगदान पुर्‍याओस् भन्ने शुभेच्छा पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

[gs-fb-comments]
Advertisement

छुटाउनुभयो कि ?

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

पहिलो सहभागितामै चित्लाङ बागमती गोल्डकपको फाइनलमा

२४ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसी मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रत...
बागमतीमा मन्त्रालयको संख्या आठ कायम

बागमतीमा मन्त्रालयको संख्या आठ कायम

२२ वैशाख, हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपर...
टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

टाइब्रेकरमा फ्रेन्ड्सलाई हराउँदै बागमती फाइनलमा

२३ वैशाख, हेटौँडा । सर्लाहीको बागमती युथ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...
चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

चित्लाङको जितसँगै बागमती गोल्डकपको सेमिफाइनल समीकरण पूरा

२२ वैशाख, हेटौँडा । मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीक...
विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

विनासूचना छापा मारेकोमा मुख्यमन्त्रीको आपत्ति, अनुसन्धानमा सघाउँने

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयमा भएको छापामारीप्रति आपत्ति जनाउँदै ...
मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छापा

२१ वैशाख, हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा ...
बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

बागमती गोल्डकपः साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ

२० वैशाख, हेटौँडा । बागमती गोल्डकप स् साबिक विजेता चर्च ब्वाइज स्तब्ध, बागमती युथ सेमिफाइनलमा मकवानपुरको बागमती गाउँपालिकामा जारी ...
बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

बागमती गोल्डकपः एपिएफलाई हराउँदै चित्लाङको विजयी सुरुवात

१९ वैशाख, हेटौँडा । काठमाडौंको चित्लाङ एफसीले मकवानपुरको बागमती गाउँपालिकामा जारी आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्...