Author: Hetauda Live

लिखु तामाकोसी गाउँपालिकालाई तेश्रो सुनापति गाउँपालिका अध्यक्षको उपाधि

लिखु तामाकोसी गाउँपालिकालाई तेश्रो सुनापति गाउँपालिका अध्यक्षको उपाधि

समाचार
रामेछाप । सुनापति गाउँपालिका खेलकुद विकास समितिले आयोजना गरेका जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको “तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप २०७८” लिखु तामाकोसी गाउँपालिकाले हात पारेको छ ।  चैत्र ५ गतेदेखि ८ गतेसम्म भएको प्रतियोगितामा २ नगरपालिका सहित  ६  गाउँपालिका गरि ८ टिम सहभागी थिए । त्यसमध्ये  ७ टिमलाई पछि पार्दै लिखु तामाकोसी गाउँपालिकाले २ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र हात पारेको हो । मंगलबार सम्पन्न सुनापति गाउँपालिकाको खेल मैदान हिलेदेविमा भएको फाइनल खेलमा गोकुलगंगा गाउँपालिकालाई  पराजित गर्दै लिखु तामाकोसी गाउँपालिकाले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक रूपमा सम्पन्न खेलमा गोकुलगंगा गाउँपालिकालाई हराउँदै लिखु तामाकोसी गाउँपालिका विजेता बनेको हो । यसैगरी, गोकुलगंगा गाउँपालिकाले दोस्रो पुरस्कार १ लाख रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ...
बबरमान तामाङको सभाध्यक्षमा सुनापतिमा १४ जना जेष्ठ नागरिक सम्मानित

बबरमान तामाङको सभाध्यक्षमा सुनापतिमा १४ जना जेष्ठ नागरिक सम्मानित

समाचार
रामेछाप। सुनापति गाउँपालिका वडा नं. ३ स्वाँरामा धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम साथै ७० वर्ष माथिका जेष्ठ नागरिक सम्मान कार्यक्रम बिहीबार सम्पन्न भएको छ । स्ह्यार गुम्बाको आयोजनामा सुनापति गाउँपालिका वडा नं. ३ स्थित साविक वडा नं. २ को १४ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गरिएको छ। यसैबीच गुम्बाले ८० वर्षदेखि माथिका ३ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ मायाको चिनो सहित सम्मानित गरेको हो ।सो अवसरमा स्ह्यार गुम्बा निर्माणको लागि जग्गादाता ज्ञानीमाया तामाङ, गुम्बा निर्माण कमिटीका अध्यक्ष प्रेमबहादुर तामाङलाई  दोसल्ला ओढाइ मायाको चिनो सहित सम्मान गरिएको थियो । स्ह्यार गुम्बाका अध्यक्ष बबरमान तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा श्रेद्धय धर्मगुरु देलेक स्याक्या लामा प्रमुख अतिथी रहेका थिए । कार्यक्रमका विशेष अतिथी सुनापति गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कमलरा...
सुनापति गाउँपालिका ३ स्वाँरामा धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम भोलि हुँदै

सुनापति गाउँपालिका ३ स्वाँरामा धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम भोलि हुँदै

समाचार
रामेछाप। रामेछाप जिल्ला सुनापति गाउँपालिका वडा नं. ३ स्वाँरामा धार्मिक प्रबचन तथा बृहत सास्कृतिक कार्यक्रम साथै जेष्ठ नागरिक सम्मान कार्यक्रम २०७८ भोली हुने भएको छ । श्रेद्धय धर्मगुरु देलेक स्याक्या लामाको बाहुल्यबाट धार्मिक प्रबचन तथा ख्यातिप्राप्त कलाकारहरूको बेजोड प्रस्तुति हुने स्ह्यार गुम्बाका अध्यक्ष बबरमान तामाङले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो । अध्यक्ष तामाङले सुनापति न्युज डटकमसँग भने, साविक २ नं. वडा भित्रका ७० बर्षमाथिका जेष्ठ नागरिकहरुलाई सम्मान तथा  ख्यातिप्राप्त कलाकारहरू नवराज घोरासैनी, आशा लामा (ज्ञानमाला)  सूर्यमणि आचार्य, राजेन्द्र गिरि (जादुगर), सुनिता सुनेलको साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुतिको बताउनुभयो ।...

सुनापति गाउँपालिकामा अन्तरपालिका भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता हुने

समाचार
रामेछाप । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सुनापति गाउँपालिकामा तेश्रो  अध्यक्षकप जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता तथा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको छ ।सुनापति गाउँपालिका खेलकुद विकास समितिले आगामी चैत्र ५ गतेदेखि सुरुहुने उक्त प्रतियोगिता चैत्र ८ गतेसम्म तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप सञ्चालन गर्ने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।जिल्ला स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कपको प्रथम पुरस्कार २ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । त्यसैगरी द्धितीय पुरस्कार १ लाख रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाणपत्र तथा तृतीय पुरस्कार ५० हजार रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाणपत्र रहेको छ भने, सान्त्वना पुरस्कारमा २५ हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्र रहेको छ ।त्यसैगरी सर्वोत्...
सुनपतिमा एमाले कार्यकर्ताले वडा सदस्य माथि मुक्का र लात्ती प्रहार

सुनपतिमा एमाले कार्यकर्ताले वडा सदस्य माथि मुक्का र लात्ती प्रहार

समाचार
रामेछाप । सुनापति गाउँपालिका वडा नं. ३ का वडा सदस्य माथि कुटपिट भएको घट्ना वाहिर आएको छ ।एमालेको वडा अधिवेशन सम्पन्न भई होटलमा चिया खाने क्रममा राजनीतिक विषयलाई लिएर नानथरि गालीगलौज गदैँ वडा सदस्य डेक बहादुर खड्कामाथि मुक्का र लात्ती प्रहार गर्दा वडा सदस्य खड्का घाइते भएका हुन् ।शनिबार एमालेको वडा अधिवेशन सम्पन्न भई हिलेदेवी स्थित साँधी डाँडामा चिया खाने क्रममा एमालेका कार्यकर्ता मुकेश याेञ्जन (डिक लाल )ले योजना बद्धरुपमा सार्वजनिक स्थलमा वडा सदस्य माथि कुटपिट गरिएको नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्र सुनापति गाउँपालिका वडा नं. ३ का सचिव रोज लामाले सुनापति न्युज डटकमलाई जानकारी दिनुभयो ।उक्त घटना साँझा भएकोले विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिनुभयो ।...
फिरोज तामाङको सभाध्यक्षमा  सुनापतिमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

फिरोज तामाङको सभाध्यक्षमा सुनापतिमा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न

समाचार
रामेछाप । सुनापति महादेव लहरेमाने संरक्षण समाज तथा हिलेदेबि वडा नं. ३ को समन्वयमा  बडा दशैंको शुभकामना आदानप्रदान तथा बृहत सास्कृतीक कार्यक्रम सम्पन्न भएको छ । सुनापति महादेव लहरेमाने संरक्षण समाजका अध्यक्ष फिरोज तामाङको सभाध्यक्षमा सम्पन्न भएको कार्यक्रममा सुनापति गाउँपालिका वडा नं. ३ का वडा सदस्य एवं नेकपा माओवादी केन्द्र ३ नं. वडा अध्यक्ष कुल बाहादुर थिङ प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रमका अतिथी वडा नं. ३ का वडा सदस्य डेक बहादुर  खड्का,  वडा सदस्य रजनी मोक्तान,  सुन्तली बि क, सुनापती गाउँपालिका वाईसीएल इन्चार्ज  तुफान लामा, नेपाली काँग्रेस वडा सभापति प्रतापसिंह मोक्तान,  सुनापति खेलकुद विकास समितिका सचिव राजेन्द्र कुमार मोक्तन लगायतका उपस्थिती रहेका थिए ।सुनापति गाउँपालिका ३ नं. वडा अध्यक्ष बाबुराम तामाङको विशेष कामले उपस्थित हुन नसकिएकोले अध्यक्ष तामाङले कार्यक्रम सफलताको शुभकाम...
प्रथम हार्मोनी कप-२०७८ सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने

प्रथम हार्मोनी कप-२०७८ सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने

समाचार
रामेछाप । विजयदशमी तथा शुभदिपावली छठ साथै नेपाल सम्बद्को शुभकामना आदानप्रदान कार्यक्रमको पावन अवसरमा हार्मोनी बहुउद्देश्यीय शहकारी लि.ले सुनापति गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता प्रथम हार्मोनी कप-२०७८ यहि असोज ३०, ३१ र कार्तिक १ गते सम्म हुने भएको छ ।    प्रतियोगितामा प्रथम हुने समुहलाई नगद ४० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यस्तै दोस्रो हुने समुहलाई २५ हजार, तेस्रो हुने समुहलाई १५ हजार नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै सान्तोना पुरस्कार १० हजार सहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने  छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट खेलाडीहरुलाई शिल्ड मेडल, प्रमाणपत्र सहित नगद प्रदान गरिने छन् भने, सहभागी सम्पूर्ण टिमलाई प्रोत्साहन स्वरुप सम्मान गरिने छ  । गाउँपालिका स्तरीय खुल्ल पुरुष भलिबल प्रतियोगिता भएको हुँदा  १...
राजनीतिक दलको कार्यक्रममा पुगे सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख श्रेष्ठ

राजनीतिक दलको कार्यक्रममा पुगे सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख श्रेष्ठ

समाचार
काठमाडौ । गत असोज १५ गते देखि १७ गतेसम्म भएको नेकपा एमालेको प्रथम विधान अधिवेशनमा सुनापति गाउँपालिकाका स्वास्थ्य प्रमुख अर्जुन श्रेष्ठ निर्वाचन आचारसंहिता उल्लंघन गर्दै कार्यालयको काम छाडेर खुल्ला रूपमै राजनीतिक दलको कार्यक्रममा सहभागी भएपनि सम्बन्धित निकाय मौन रहेको छ ।ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आयोजित विधान महाधिवेशनमा देशभरबाट ६ हजार भन्दा धेरै प्रतिनिधिप्रतिनिधिहरु सहभागी थिए ।फितलो अनुगमनको कारण सुनापति गाउँपालिकाको कर्मचारी कामकाज नै ठप्प पारी खुल्ला रूपले राजनीतिक दलको कार्यक्रममा लागेका हुन् । हुन तः सुशासनको सबैभन्दा धेरै जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको हुने गर्छ तर एउटा पेशागत कर्मचारी स्वास्थ्य प्रमुख कार्यालय छोडेर पार्टीको कार्यक्रममा सामेल हुँदा सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामा मौन रहेको देखिएको छ ।श्रेष्ठले सुनापति न्युज डटकमसँग भने, कार्यालयको विशेष का...
३३ किलो सुन काण्ड र  सनम हत्यामा संलग्न रहेका गोरे सहित ६ जनालाई जन्मकैदको फैसला

३३ किलो सुन काण्ड र सनम हत्यामा संलग्न रहेका गोरे सहित ६ जनालाई जन्मकैदको फैसला

समाचार
काठमाडौ । जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ ।जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाउनुभएको छ भने अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिनुभयो ।गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताउनुभयो । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन्...
बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

बेलायतमा एकैदिन ३७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

समाचार
 त्यसै गरी यहाँ गएको २४ घण्टा यतामात्र ४० जनाको यो संक्रमणबाट मृत्यु भएको पनि बताइएको छ । थपिएको यो मृत्युसँगै यहाँ यो संक्रमणबाट ज्यान जानेको संख्या १ लाख ३६ हजार २०८ जना पुगेको पनि बताइएको छ । यहाँ अहिलेसम्म ७६ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । लन्डनमा कोभिड १९ को अवस्था केही हप्ता अघिसम्म सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।अधिकारीहरुले यहाँ पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमितहरु थपिने गरेका बताएका छन् ।...